करकै कारण संघीयता असफल हुन्छ : सिंह

0
193

नेकपा (मसाल) का महामन्त्री मोहन विक्रम सिंहले करकै कारण सङ्घीयता असफल हुने बताउनु भएको छ । पार्टी कार्यकर्ता प्रशिक्षणको सिलसिलामा बागलुङ आएका बेला पत्रकारसागको अन्तरक्रियामा पुराना कम्युनिस्ट नेता सिंहले अनावश्यक संरचना धान्नका लागि जनतामाथि जबजस्ती कर थोपरिएको आरोप लगाउनु भयो ।

‘सङ्घीयताको नाममा अनावश्यक संरचना तयार पारिएको छ’ उहाँले भन्नु भयो– ‘त्यो संरचना थेग्नका लागि जनतासाग जबरजस्त कर उठाइएकाले यो करकै कारण सङ्घीयता विघटन हुन्छ । जनताले नै सङ्घीयतालाई अस्वीकार गर्नेछन् ।’ तीन तहको सरकार पाल्नका लागि जनताबाट अस्वाभाविक कर उठाइएको उहाँको भनाइ थियो । ‘अधिकारसम्पन्न स्वायत्त स्थानीय तह र केन्द्र सरकार मात्र भए नेपालमा पुग्थ्यो, यो बीचको प्रदेश भन्ने संरचना अनावश्यक रुपमा खडा गरिएको छ’ उहाँले बताउनु भयो– ‘समस्या छ, उनीहरु पनि पालिनु पर्‍यो । त्यसैले जनताको ढाड सेक्ने काम गरेका छन् ।’

महामन्त्री सिंहले नेपालमा भारतीय पक्ष र पश्चिमा राष्ट्रहरुको ईशारामा सङ्घीयता लादिएको समेत आरोप लगाउनु भयो । ‘सङ्घीयता नेपालको आफ्नै उपज होइन, यो त नेपाललाई भारतमा गाभ्नका लागि भारतले रचेको प्रपञ्च हो’ वरिष्ठ कम्युनिस्ट नेता सिंहले भन्नु भयो– ‘यसमा पश्चिमाहरु पनि भूमिका छ ।’ नेता सिंहले सङ्घीयता विरुद्ध संसदमा संशोधन प्रस्ताव लगिने समेत जानकारी दिनु भयो । ‘हामीले सङ्घीयता विरुद्ध संसदमा संशोधन टेबल गर्छौं’ उहाँले भन्नु भयो– ‘प्रस्ताव तयार भइसकेको छ । पार्टीभित्र आवश्यक छलफल गरेर लैजान्छौँ, पास नभए पनि त्यसले जनमत निर्माण गर्नेछ ।’

दुई–तिहाइ बहुमतको वर्तमान सरकारले जनभावना अनुसार काम गर्न नसकेको समेत उहाँले आरोप लगाउनु भयो । ‘संविधानमा समाजवाद उन्मुख अर्थतन्त्र निर्माण गर्ने भनेर लेखिएको छ, दलहरुले घोषणा पत्र पनि चुनावमा त्यही अनुसार बनाए, तर जितेर आएपछिको सरकारले त्यसको कार्यान्वयन गर्ने कुनै छनक देखाएको छैन’ सिंहले भन्नु भयो । सरकारले नीति तथा कार्यक्रम र बजेट कतै पनि समाजवाद उन्मुख कार्यक्रम ल्याउन नसकेको उहाँको तर्क थियो ।

सरकार एक एक गरेर असफल हुादै गएको उहाँको ठहर छ । ‘सरकारले सिन्डिकेटमा हात हाल्यो, अन्त्य गर्न सकेन, महङ्गी र भ्रष्टाचार रोक्न सरकार असमर्थ देखिएको छ, जहाँ हात हालेको सरकार असफल भएको छ’ सिंहले भन्नु भयो– ‘अपराधीलाई कारवाही गर्ला भन्दा संरक्षणमा लागेको छ । तरकारी बजारमा समेत सरकार असफल हुन पुगेको छ ।’

नाकाबन्दीका बेला राष्ट्रवादी छवि बनाएका प्रधानमन्त्री ओली अहिले भारतपरस्त हुादै गएको समेत सिंहले आरोप लगाउनु भयो । ‘अहिले सरकारले भारत परस्त नीति लिएको छ, हामी यसको विरुद्धमा छौँ’ उहाँले थप्नु भयो ।

सरकारको नेतृत्व गरिरहेको नेकपा कम्युनिस्ट पार्टी नभएको समेत उहाँले जिकिर गर्नु भयो । ‘एमाले र माओवादी कम्युनिस्ट पार्टी थिएनन्, उनीहरुले माक्र्सवादी कम्युनिस्ट सिद्धान्त छोडिसकेका थिए’ उहाँले अगाडि भन्नु भयो– ‘उनीहरु मिलेर बनेको पार्टी पनि कम्युनिस्ट पार्टी होइन ।’ उहाँले गुण र दोषको आधारमा सहकार्य र विरोध गर्ने बताउनु भयो । ‘राम्रा कामका लागि हामीले सबै दलहरु सकार्य गर्छौं, गलत कामका विरोध हुन्छ’ सिंहले भन्नु भयो ।

सैद्धान्तिक रुपमा समान धारणा नभएसम्म कुनै पनि पार्टीसग आफूहरुको एकता नहुने समेत उहाँले प्रष्ट्याउनु भयो । ‘हामीले वैद्य, विप्लवजीहरुसाग एकताका लागि छलफल गर्‍यौं’ सिंहले भन्नु भयो– ‘उहाँहरुसाग रहेको सैद्धान्तिक विमति हल हुन बााकी रहकाले एकता भएन । कार्यगत एकता र पार्टी एकता फरक फरक कुरा हुन् ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here