कम्युनिष्टलाई विश्वको कुनै तागतले रोक्न सक्दैन : महामन्त्री मोहनविक्रम सिंह

0
368

मसालका महामन्त्री मोहनविक्रम सिंहले कम्युनिष्टलाई विश्वका कुनै पनि शक्तिले रोक्न नसक्ने बताउनुभएको छ ।

छलफल चौतारी दाङले मंगलवार घोराहीमा गरेको कार्यक्रममा उहाँले कम्युनिष्ट अहिलेसम्मकै वैचारिक विश्व दृष्टिकोण भएकाले यसलाई कसैले रोक्न नसक्ने बताउनुभएको हो ।

पूँजीवादी ब्यवस्था रावणको टाउकोजस्तो भएको उल्लेख गर्दै उहाँले जति अन्तरर्विरोध हल गर्न खोजे पनि पलाइहाल्ने बताउनुभयो । महामन्त्री सिंहले भन्नुभयो– ‘हरेश दश दश बर्षमा आउने पूँजीवादी संकटले अन्ततः समाजवादको विकल्प नभएको पुष्टि गर्दछ ।’ कम्युनिष्टहरु भविष्यप्रति आशावादी बन्नुपर्ने औल्याउँदै उहाँले यो एकै पुस्तामा चल्ने आन्दोलन नभएको बताउनुभयो ।

उहाँले नेपालमा अहिले नै समाजवाद आउने अवस्था नभए पनि समाजवादउन्मुख प्रगतिशील कार्यक्रम लागु गर्ने उपयुक्त अवसर आएको उहाँले बताउनुभयो । सरकारले माफिया र साम्राज्यवादी शक्तिको चञ्गुलबाट बचेर जनतालाई साथमा लिएर प्रगतिशील कार्यक्रम लागु गर्न सके त्यसले समावादको आधार तयार पार्ने पनि उहाँले बताउनुभयो ।

छलफल चौतारी दाङका संयोजक सुशील गौतमको अध्यक्षतामा भएको कार्यक्रम सञ्चालन सदस्य सविन प्रियासनले गर्नुभएको थियो ।

सिंहका मुख्य धारणा यस्तो थियो–
–आजसम्मकै विज्ञानमा कम्युनष्टि विचार सर्वाधिक वैज्ञानिक विचार हो, यो व्यक्तिबाट होइन परिस्थितिबाट पैदा हुने विचार हो, त्यसैले कम्युनिष्टलाई हराउने तागत विश्वमा कसैसँग छैन ।

–पूँजीवाद जर्जर बन्दै गएको छ, ढिलो चाँडो समाजवाद जरुर आउँछ ।

–नेपालमा यति धेरै जनमत कम्युनिष्टसँग हुनु र सर्वाधिक ठूला पार्टी बन्नु विश्व कम्युनिष्ट आन्दोलनकै लागि पनि गौरवको बिषय हो ।

–कम्युनिष्ट आन्दोलन एउटै पुस्तामा सकिने आन्दोलन होइन, रणनीतिक दृढता र कार्यनैतिक लचकताका साथ कार्यक्रम बढाउँदै अघि बढ्नुपर्छ ।

–नेकपाको सरकारलाई सुझाव– अहिले नै समाजवादमा जाने धृष्टता गरेर प्रतिक्रियावादी आक्रमण निम्त्याउनु हुँदैन । अर्कोतिर समाजवादउन्मुख कार्यक्रम लागु नगरी माफिया र साम्राज्यवादीको चंगुलमा पनि फस्नु हुँदैन, जनताकै आडमा अघि बढ्नुपर्छ ।

–सामन्तवाद सकिएको छैन, पूँजीवाद विकास हुँदै गरेको भए पनि सामान्ती उत्पीडन कायम छ ।

–नेपालको राष्ट्रियता गम्भीर खतरामा छ, हिन्दू राष्ट्रको आवरणमा राजतन्त्र फर्काउने खेल बाँकी छ ।

–डा। केसीले उठाएका माग सरकारले पूरा गर्नुपर्छ, यसमा कांग्रेसलगायतका शक्तिले राजनीतिरण गर्नु गलत छ ।

copy to http://www.sisneonline.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here