कमरै कसी खूकूरी भिरेर

0
328
  • केशव गाहा पाल्पाली

फाटेर गयो तस्विर तिम्रो आँशुले भिजेर
पठाउ प्यारी एउटा अर्को तिमीले खिचेर

हाँसेर सधै साथमा बस्न दिएन कर्मले
बिदेश पसी रूदैछु आज यो छाति पिटेर

मरेछु भने अर्कैको देशां नरूनु तिमीले
बाँचेछु भने ल्याउँला साडी मैले नी किनेर

के गरौं प्यारी यस्तैछ हाम्रो देशको हालत
गरीब लाई दिएन बस्न दुष्टले मिलेर

सत्तामा बस्ने शोषक लाई भएन नमासी
आउँकि क्याहो कमरै कसी खूकूरी भिरेर ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here