कतै तपाई भ्रष्टाचार गरिरहनु भएको त छैन ? होशियार ! राष्ट्रिय जनमोर्चा समाउला

0
620

जेठ ३१, दाङ । राष्ट्रिय जनमोर्चा दाङले जिल्ला प्रसासन कार्यालय दाङ र घोराही उपमहानगरपालिकाको कार्यालयमा ज्ञापनपत्र बुझाएको छ । जिल्ला अध्यक्ष गणेश आचार्यको नेतृत्वमा गएको टोलीले उक्त ज्ञापनपत्र बुझाएको हो ।

ज्ञापनपत्रमा संघीयता नेपालमा ठिक नभएकोले यसको खारेज गर्नु पर्ने र यसैको नाममा जनताको ढाड सेक्ने गरि गरिएको राजस्व वृद्धिको बिरोध गरिएको छ ।

भ्रष्टाचार, सरकारी कार्यालयबाट कार्य सम्पादनमा हुने ढिला सुस्ती, अनिममितता, महङ्गि, बिकास निर्माणका काममा भैरहेको ढिला सुस्ती, प्राकृतिक श्रोत साधन माथिको दोहन, कालोबजारी, मूल्य वृद्धि, राहात र अनुदानमा भएको अनियमितता, सरकारी कार्यालयमा हुने बिचौलिया, न्याय सम्पादनमा भएको अनियमितता आदिको ज्ञान पत्रमा बिरोध जनाइएको छ ।
साथै कृषि सामाग्रीमा सुलभता, राहात र अनुदानमा पारदर्शीताका साथै बीउ, मल, दाना, औषधि, कृषि सामाग्रीमा सहुलियत, सार्वजनिक यातायातलाई सुरक्षि बनाउनुका साथै बैज्ञानिक भाडादर कायम गर्नु पर्ने माग ज्ञापन पत्रमा उल्लेख छ ।

सिमेन्ट उद्योगबाट प्रभावित जनता सीत भएका सहमतीको कार्यान्वयन गर्नु पर्ने, भुमिहिन सुकुम्बासीको पहिचान गरी उनीहरुको उचित ब्यबस्थापन गर्नु पर्ने राष्ट्रिय जनमोर्चाले माग उठाएको छ ।

अशक्त गरिब जनताको निशल्क बिमाको ब्यबस्था गर्नु पर्ने, रोजगारी सृजना गर्नु पर्ने, पर्यावरण संरक्षण गर्नु पर्ने, जनप्रतिनिधिहरु जनउत्तरदायी हुनुपर्ने, पुर्ण भोल्टेज सहितको बिद्युत आपूर्तिको ब्यबस्था मिलाउन पर्ने, राप्ती स्वास्थ्य बिज्ञान प्रतिस्ठान तत्काल संचालन गर्नु पर्ने, सेबाग्राहिलाई नयाँ ब्यबस्थाको अनुभुती हुने बताबरण निर्माण गर्नु पर्ने जस्ता महत्वपूर्ण माग ज्ञापन पत्रमा उल्लेख छ ।

त्यस्तै विद्यार्थी संख्याका आधारमा शिक्षक ब्यबस्था गरि समान कामको समान ज्यालाको ब्यबस्था गर्नु पर्ने, शुद्ध खानेपानीको ब्यबस्था गर्नु पर्ने, सुलभ स्वास्थ्य सेबाको ब्यबस्था गर्नु पर्ने, प्राथमिकताका आधारमा बिकासका योजनाहरु निर्माण गर्नु पर्ने, शान्ती सुरक्षा अमन चयन कायम गर्नु पर्ने लगायतका माग राख्नुका साथै पार्टीले जिल्लाका हरेक काममा प्रभावकारी भुमिका खेलेको र क्रिया सिलताको हिसाबले सबै भन्दा अगाडी हुनुका साथै नैतिकता र इमानदारीताको राजनीतिमा अबब्ल भएको कुरा ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।

साथै जिल्लामा हुने सर्बपछीय बैठकहरुमा उपस्थित नगराएकोमा ध्यानाकर्षण समेत गराइएको छ ।

राष्ट्रिय जनमोर्चा दाङले जिल्ला प्रशासन कार्यालय, मालपोत, नगरपालीका, जिल्ला समन्वय समिति लगायत सबै सरकारी तथा गैरसरकारी कार्यालयको गेटमा कतै तपाई भ्रष्टाचार गरिरहनु भएको त छैन ? भन्ने पोस्टर टागिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here