दाङ । घोराही उप महानगर पालिका ७ पर्सा शिव टोल निबासी भुपेन्द्र प्रकाश घर्ती मगरकी १५ बर्षिया क्यान्सर पिडित छोरी नारायणी घर्ती मगरलाई राष्ट्रिय जनमोर्चा निकट नेपाली एकता समाज दोहा कतार अन्तरगत बुद्धि जिबि बिभाग उपाध्यक्ष देबेन्द्र बुढाथोकीको विशेष पहलमा आर्थिक सहयोग गरिएको छ ।
बुढाथोकीको पहलमा कतारबाट ३०,६५० र मलेसियाबाट रामप्रसाद सुबेदीले ३०२० गरि जम्मा ३३६७० रुपैयाँ पीडित नारायणी घर्तिलाई राष्ट्रिय जनमोर्चा दाङका अध्यक्ष गणेश आचार्यले हस्तान्तरण गर्नु भएको छ । पार्टी कार्यालयमा एक कार्यक्रमको बिच आचार्यले उक्त रकम हास्तान्तरण गर्नु भएको हो ।
हस्तान्तरणको क्रममा आचार्यले क्यान्सर जस्तो ठुलो रोगको लागि यो रकम ठूलो नभए पनि बिदेशी मुलुकमा अर्काको काम गरेर आफ्नो खर्च कटाएर पठाएको यो रकम भाबनात्मक हिसाबले ठूलो रहेको र आफूहरुले अरु थप सहयोगको लागि सक्दो कोशिस गर्ने कुरा बताउनु भयो ।
बिरामीलाई चितवनको क्यान्सर अस्पतालमा उपचार जारिरहेको र अहिलेसम्म उपचारमा रु. १० लाख जति खर्च भएता पनि उनको बायाँ हात अहिलेसम्म पनि चल्दैन । त्यसलाई चल्ने बनाउन अझै रु. १६ लाख खर्च लाग्ने डाक्टरले भनेको बिरामीका काका भिम बहादुर घर्तिले बताए । उपचारार्थ थप सहयोगका लागि घर्तिले देश तथा विदेशमा छरिएर रहेनु हुने सम्पूर्ण न्यायप्रेमी जनसमुदाय समक्ष अनुरोध समेत गर्नु भएको छ ।
१५ बर्षिया क्यान्सर पिडित छोरी नारायणी घर्ती मगर हाल कक्षा ८मा अध्यायनरत छिन् ।