कतार नेपाली एकता समाजबारे संक्षिप्त जानकारी

0
388

कतार अरब खाडीको पश्चिमी समुद्री किनारमा २४ डिग्री र १६.१० डिग्री अक्षांश र ५०.४५ र ५१.४० पूर्वी देशान्तरमा अवस्थित एउटा प्रायद्वीप हो । यो मध्य–पूर्वमा अवस्थित छ ।

कतार तीनैतिरबाट समुद्रले घेरिएको खाडी राष्ट्र हो भने दक्षिण–पश्चिममा साउदी अरबसँग जमिनले जोडिएको छ । यसको कुल क्षेक्रफल ११ हजार चार सय ३७ वर्गकिमि छ । एसिया महादेशको पश्चिमी तटमा अवस्थित यस राष्ट्रको वरिपरि बहराइन, कुवेत, युएई, साउदी अरब, ओमन, इराक र इरान रहेका छन् । कतारमा हाल कुल जनसङ्ख्या २३ लाख ३८ हजार पुगेको छ भने यहाँको प्रतिव्यक्ति आय वार्षिक एक लाख पाँच हजार अमेरिकी डलर छ । यो मुस्लिम धर्मलम्वीहरुको देश हो । एक्काइसौँ शताब्दीमा पनि यहाा हालसम्म राजतन्त्र कायम छ । हाल यहााका राजा अमिर शेख तमिम बिन हमाद अलथानी छन् । यहााका महिलाहरुमा कालो कपडाले पुरै शरीर छोप्ने बुर्का प्रथा कायमै छ । प्राकृतिक हिसाबले यो आठ महिना गर्मी र चार महिना जाडो हुने, पानी त्यति नपर्ने सुख्खा उजाड मरुभूमि भूभाग हो ।

खास गरी यो अमेरिकी साम्राज्यवादको उपनिवेश राष्ट्र हो । पेट्रोल र ग्याास नै यहााको प्रमुख आयश्रोत हो । यहाा रोजगारको सिलसिलामा नेपाल, भारत, पाकिस्तान, बङ्गलादेश, इरान, भियतनाम, फिलिपिन्स, इन्डोनिसिया, इजिप्ट, वर्मा, श्रीलङ्का, इथियोपिया, सुडान र उत्तर कोरिया आदि देशबाट ठुलो सङ्ख्यामा मानिसहरु आएका छन् । कतारमा २००६ डिसम्बर १ देखि १५ सम्म पन्ध्रौँ एसियाली खेलकुद सम्पन्न भएको थियो ।

कतारमा नेपालीहरु रोजगारीको खोजीमा आउने क्रम १९८० देखि सुरु भएको मानिन्छ । १९९० सम्म थोरै मात्र नेपालीहरु कतारमा रोजगारीको लागि आई पुगे भने १९९२ देखि तीव्र रुपमा यहाा नेपाली कामदारहरु भित्रिएको बुझिन्छ । हाल कतारमा रोजगारको सिलसिलामा आएका नेपालीहरुको सङ्ख्या तीन लाख ८० हजारको हाराहारीमा पुगी सकेको बुझिन्छ ।

कतारमा अन्य देशका कामदारहरुको भन्दा नेपाली कामदारको स्थिति अत्यन्तै पीडादायी एवं दयनीय छ । नेपाल सरकारले फ्री भिसा फ्री टिकटको नियम कडाइपूर्वक कार्यान्वयन नगर्दा अहिले पनि कतारमा आउने मजदुरहरुले लाखौँ रुपैया दलाल र म्यानपावर कम्पनीहरुलाई बुझाई रहेका छन् । यता कतारस्थित नेपाली राजदूतावासले अदक्ष र दक्ष कामदारहरुको अन्य सेवा–सुविधा सहित न्यूनतम मासिक तलब कतारी रियाल १,२०० र १,४०० तोके पनि अनुगमन र निरीक्षण नहुादा कैयन् नेपालीहरुले सात सयदेखि नौ सय रियाल न्यूनतम सुविधा पनि नपाएर काम गर्न बाध्य छन् । कैयन् कम्पनीहरुले महिनौँसम्म काम लगाएर तलब नै नदिने गैर कानुनी रुपमा भिसाको कारोवार गर्ने दलालहरुको चपेटामा यहाा आउादा एयरपोर्टमा अलपत्र पर्ने, कतिपय कम्पनीहरु बीचैमा टुटेर घर फर्कनु पर्ने, कतिपय कम्पनीले समयमा तलब नदिने, झुटा अभियोग लगाएर जेलमा फसाउने आदि नेपालीका समस्या अझै छन् ।

अझ नेपाली महिला कामदारहरुको पीडा दर्दनाक छ । कतारमा नेपाली महिलाहरु होटल, क्लिनिक, मार्केट, क्लिनिङ कम्पनी र घरेलु काममा आएको पाइन्छ । घरेलु कामका लागि यहााको श्रम कानुन मौन भएकाले धेरैजसो महिलाहरु भारतको बाटो भएर कतार आउाछन् । घरेलु काममा चौबिसै घण्टा घाममा खट्नु पर्ने र उनीहरुको अस्तित्व रक्षा एवं सुरक्षाको प्रश्न अत्यन्तै गम्भीर छ । नेपालीहरु सस्तो तलबमा पाउने र चारित्रिक रुपमा पनि इमान्दार भएकाले यहाा धेरैभन्दा धेरै कम्पनीले नेपालीको भिसा छिटोछरितो दिने गर्छन । नेपालबाट म्यानपावरका एजेन्ट तथा दलालहरुले एयरपोर्ट छिराउन मात्र नक्कली एग्रिमेन्ट पेपरहरु बनाई पठाएर ठग्ने काम गरेका छन् भने कतारमा रही गैर कानुनी रुपमा भिसाको धन्दा गर्ने दलालहरुको सञ्जालले नेपालीहरुलाई जस्तो पायो त्यस्तै भिसामा ठग्न तल्लिन छन् ।

यहाँ ८० प्रतिशत नेपाली कामदारहरुले ५५ डिग्री तापक्रममा खुल्ला आकासमुनि घर बनाउने, सडकमा गैती–बेल्चा हान्ने, सडक बजार तथा एयरर्पोट सफा गर्ने, मरुभूमिमा भेडा, उट चराउने, बाटो बनाउने जस्ता निर्माण सम्बधी काम गर्छन् भने १० प्रतिशतले पेट्रोल पम्प, बजार, होटल, घर, ड्राइभर, अस्पताल र अफिसियल काम गर्ने गर्छन् । केही नेपालीले आफ्नै कम्पनी खोलेर व्यवसाय सञ्चालन गरेका छन् । यहाा करिब पाँच सयको हाराहारीमा नेपाली इन्जिनियरहरु पनि छन् । खाद्यान्न, पानी लगायत अन्य उपभोग्य सरसामान अत्यन्तै महङ्गो भएकाले नेपाली कामदारको सात सय रियल तलबमा तीन सय खानामा खर्च हुन्छ । एकदेखि दुई सयसम्म फोन तथा अन्यमा खर्च हुने भएकाले आएको ऋण तिर्न नेपालीलाई डेढ दुई वर्ष लाग्छ ।

यसरी मरुभूमिको चर्को घाममा आकास छुने भवन तथा सडकमा काम गर्दा गर्मीले कैयन् नेपाली अकालमै ज्यान गुमाउन पुगेको पाइन्छ । नेपाल र यहााको हावापानी र खाद्यान्नको अन्तर, प्रचण्ड गर्मीमा काम गर्ने र कोठामा गई एसीमा कपडा नओढेर सुत्ने, पैसा कमाउन नसकेर मानसिक चिन्ता आदिका कारणले कैयन् नेपाली हृदयघात र काममै ढलेर वर्षमा ५० भन्दा बढी नेपाली मर्ने गरेको तथ्याङ्क पाइन्छ भने कम्पनी राम्रो नभएर, कम्पनी टुटेर वा अन्य विविध कारणले गैर कानुनी रुपमा काम गर्ने नेपालीहरु पनि प्रशस्त छन् । यिनीहरुको अवस्था त झनै दयनीय नै छ ।

कतारमा २००० देखि नेपाली दूतावास छ । राजदूतको रुपमा रमेश कोइरालाले अहिले काम गरी रहेका छन् । श्रमिकको हिसाबले दूतावासमा कर्मचारी पर्याप्त छैनन् । यहााको दूतावासले राहदानी नवीकरण गर्ने र अन्य आधिकारिक कागज पत्र जारी गर्ने बाहेक नेपालीका समस्याहरु छिटोछरितो र सहज तरिकाले समाधान गर्न सकी रहेको छैन । विदेशमा नागरिकको समस्या समाधान गर्ने र उनीहरुलाई सुरक्षाको प्रत्याभूति गर्ने काम सम्बधित देशमा रहेका कूटनैतिक नियोग दूतावासको कर्तव्य हुन्छ तर कतारमा दूतावासले नेपालीहरुलाई पर्याप्त सुविधा र सुरक्षाको प्रत्याभूति गर्न सकी रहेको छैन । यसको मुख्य दोषी नेपाल सरकार एवं सत्तासिन राज्य व्यवस्था नै हो ।

कतारमा नेपालीहरुको हक, हित, अधिकार र सुरक्षाका लागि आफू सक्दो योगदान दिदै सङ्घर्षरत रहेको नेपालीहरुको मुख्य सामाजिक सङ्गठन कतार नेपाली एकता समाज हो । यो सङ्गठनको स्थापना १९९९ मा भएको थियो । राजतन्त्रात्मक राज्य व्यवस्था र क्रुर कानुनको घेराभित्र सङ्गठनलाई भूमिगत शैलीमा निर्माण एवं परिचालन गर्नका लागि थुप्रै कठिन सङ्घर्ष र चुनौतीहरुको सामना गर्नु परेको थियो । कतार नेपाली एकता समाज विस्तारै नेपाली कामदारको बीचमा फुल्दै, फल्दै र झाङ्गिदै जाँदा हाल यसले कतारमा १० वटा ठाउामा एरिया समिति, विभाग र एकाइहरु बनाई सकेको छ । यस वर्षभित्र तीन हजार सदस्यता वितरण गर्ने लक्ष्य छ ।

यसरी कतार नेपाली एकता समाज कतारमा कार्यरत नेपाली मजदुरहरुको हक, हित, अधिकार एवं सुरक्षाका लागि सङ्घर्षरत छ । यसले यहाास्थित एयरपोर्टमा अलपत्र परेका कम्पनी टुटेका, मेडिकल फेल भएर वा गैर कानुनी रुपमा काम गर्दा वा विभिन्न झुटा अभियोगमा जेल परेका, एग्रिमेन्ट अनुसारको काम नपाएर ठगिएका नेपाली मजदुरहरुलाई सहयोग गरी घर पठाउने, सडक दुर्घटना वा अन्य विविध कारणबाट मृत्यु भएका नेपालीलाई क्षतिपूर्ति दिलाउन सम्बन्धित निकायसाग पहल गरी सहयोग गर्ने, दूतावास वा कूटनैतिक नियोगसाग कोअर्डिनेसन गरेर नेपालीहरुका समस्यामा सहयोग गर्ने उनीहरुको चेतना स्तरको विकास गर्न गोष्ठी, सेमिनार, अन्तरक्रिया प्रशिक्षण आदि सञ्चालन गर्ने नेपाली महिला कामदारको सुरक्षाका बारेमा आवाज उठाउने र नेपालीलाई मृत्युदण्ड जस्ता अमानवीय असुरक्षाका विषयमा आवाज उठाई आर्थिक सङ्कलन गरी सहयोग गर्ने तथा नेपालमा विविध समयमा घट्ने दैवी प्रकोप, बाढीपीडित जनतान्त्रिक आन्दोलनलाई आर्थिक नैतिक र भौतिक सहयोग गर्दै नेपालीका कतार लगायत अन्तर्राष्ट्रिय स्तरमा आई पर्ने समस्यालाई मिडिया मार्फत् हल गर्न सम्बन्धित निकायसम्म आवाज पुर्‍याउने काम गरेको छ ।

कतारमा नेपाली प्रगतिशील मञ्च, जन सम्पर्क समिति, नेपाल कतार पत्रकार सङ्घ, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, प्रवासी नेपाली मञ्च, नेपाली जन प्रगतिशील मोर्चा, प्रवासी आदिवासी जनजाति महासङ्घ, गैर आवासीय नेपाली सङ्घ एवं नेपाल कतार इन्जिनियरिङ एसोसियसन लगायत विभिन्न जिल्लागत, क्षेत्रगत, धार्मिक र जातीय गरी करिब १५० वटा सङ्घ/संस्थाहरु दूतावासमा सूचीकृत गरिएका छन्, यद्यपि यी संस्थाहरु कतारस्थित आम नेपाली कामदारको हक, हित एवं ठोस नीति, कार्यक्रम र लक्ष्य अनुरुप अगाडि बढेको पाइदैन । कतिपय संस्थाहरु खोल्ने अनि बिलाउने कार्य पनि भएको छ भने कतिपय सङ्घ/संस्थाहरु त नेपाली फिल्मका नायक, नायिका बोलाएर लोक संस्कृतिको संरक्षणको नाममा पाश्चात्य अश्लील छाडा शैलीका विकृतिजन्य कार्यक्रम देखाई पैसा कमाउने कार्यमै तल्लीन पनि रहेको पाइन्छ ।
– कतार नेपाली एकता समाज

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here