कतार नेपाली एकता समाजको प्रशिक्षण सम्पन्न

0
365

रेशम रोका मगर

दोहा,कतार । कतार नेपाली एकता समाज केन्द्रीय समितिद्वारा ३ महिने संगठन बिस्तार भेटघाट तथा प्रशिक्षण कतार भरी सञ्चालन गर्ने निर्णय गरेको छ । जस अनुसार कतार नेपाली एकता समाज अन्तर्गत लेबर सिटि एरिया समितिमा २५ जनवरी २०१९ का दिन परिचयात्मक प्रशिक्षण कार्यक्रम भव्य रुपमा सम्पन्न गरिएको छ ।

रेशम रोका मगरको अध्यक्षता तथा कमल घर्तिको सञ्चालनमा अगाडि बढेको सो कार्यक्रममा कतार नेपाली एकता समाजका केन्द्रीय उपाध्यक्ष धनबहादुर परियार, कतार नेपाली एकता समाजका केन्द्रीय सचिब बिष्णु थापा, कतार नेपाली एकता समाजका केन्द्रीय सल्लाहकार सदस्य हेम बहादुर थापा, लगायतले आशन ग्रहण गर्नुभएको थियो । ज्ञात अज्ञात शहिदहरु प्रति १ मिनट मौनधारण पश्चात उक्त कार्यक्रम अगाडि बढेको थियो ।

केन्द्रीय सचिब बिष्णु थापाले “कतार नेपाली एकता समाजको इतिहास, गतिविधि र एस्को दायित्व” बारे प्रकाश पार्दै कतारमा रहेका श्रमिक एक हुनु पर्नेमा जोड दिनु पर्ने बताउनु भयो । केन्द्रीय उपाध्यक्ष धन बहादुर परियारले “संगठन सम्बन्ध र तत्कालीन राजनैतिक परिस्थिति र समस्या” बारेमा प्रशिक्षण दिनुभएको थियो । उहाँले अगाडि भन्नू भयो– कार्यकर्ता अनुशासन र उनीहरुको दायित्व तथा प्रगतिशील विचार र राष्ट्रियताप्रतिको महत्वपूर्ण हुनु पर्नेमा जोड दिंदै देशमा भएको तत्कालीन राजनीतिले देश र जनता माथी विभिन्न तरिकाले अंकुस लगाएको र यसको चिरफार जनताले गर्नु पर्ने र समसामायिक विषयहरुमा प्रशिक्षण दिनु भएको थियो ।

अन्तमा कतार नेपाली एकता समाज अन्तर्गत महिला बिभाग कि सदस्य इन्दिरा खनाल बिगत लामो समयदेखि हमाद हस्पिटलमा उपचाररत हुनुहुन्छ । उहाँलाई केही आर्थिक सहयोग समेत लेबर सिटि एरिया समितिले केन्द्रीय प्रतिनिधि मार्फत कतार नेपाली एकता समाज केन्द्रमा पठाएको छ । प्रशिक्षणमा उपस्तिथि सबैलाई धन्यवाद दिंदै आगामी कार्यमा पनि साथ सहयोग र सुझाबको अपेक्षा राख्दै कार्यक्रम समापन भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here