कतारमा सड्क दूर्घटना परि दुई नेपालीको दु:खद मृत्यु

0
211

दोहा कतार । रोजगारीको सिलसिलामा कतार पुगेका अर्घाखाँचीका एक जनाको सडक दुर्घटनामा परि मृत्यु भएको छ । भुमिकास्थान नगरपालिका वडा नं ८ नुवाकोट भुसाल टोला ताराकसे पोकेडाडा निवासी बर्ष अन्दाजी ३९ बर्षका इन्द्रमणी भुसाल रहेको पहिचान खुल्न आएको छ । उनलाई गाउँघरमा राम प्रसाद भनि चिन्ने उनलाई नजिकबाट चिन्नेहरुले बताएका छन् ।

गत शनिबार १ सेप्टेम्बर २०१८का दिन साझा ८.३०बजे तिर मार्केटबाट तरकारी लिएर फर्किने क्रममा गाडीको ठक्करबाट उनको निधन भएको हो । तरकारी लिएर फर्कने क्रममा रेजिसी हाइपरमार्केट, अबू हामौर रेड लाईट पार गर्ने क्रममा कारको ठक्करबाट घटना स्थलमा नै मृत्यु भएको थियो । उनका साथमा बस्ने अर्को झापा निवासी नाम नखुलेको व्यक्तिको भने अस्पताल पुर्‍या पच्यात उपचारको क्रममा मृत्यु भएको स्थानीय प्रहरीले जनाएको छ ।

केहि समय घरमा बसी ६ महिना अघि मात्र कतार फर्केका भुसालको अकल्पनीय घटनाले भुसाल परिवारलाई स्तब्ध तुलाएको छ । उनको घरमा श्रीमती र १३ बर्षका छोरा र १० बर्षकी छोरी रहेको उनका आफन्त यमलाल भुसालाले बताए ।

भुसालको निधनले अर्घाखाँची सेवा समाज, कतार परिवार मर्माहत हुदै दु:ख ब्यक्त गरेको छ । निधनको खबरप्रति अर्घाखाँची सेवा समाज शोकमा डुबेको समाजका अध्यक्ष ठाकुर परियारले बताएका छन् । पछिल्लो चरणमा जिल्लाबासीहरुले सडक दुर्घटनाबाट ज्यान गुमाउनुपरेकोमा दु:ख व्यक्त गरे ।

शब अहिले हमद जनरल अस्पतालको शब गृहमा राखिएको छ । भुसाल बिगत १० बर्ष देखि कतारको एक कम्पनीमा कार्यरत थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here