कतारमा प्युठान सेवा समाजले तिहार मनायो

0
487
“सम्पुर्ण प्युठानीहरुको आज एकता शु–शासन र समृद्धिको आबस्यकता”

रेशम रोका/दोहा कतार ।
“सम्पुर्ण प्युठानीहरुको आज एकता शु–शासन र समृद्धिको आबस्यकता” भन्ने मूल नाराका साथमा ०९ नोभेम्बर १८ को दिन प्युठान सेवा समाज दोहा कतारले दिपावली एबम छठ पर्बको अबसरमा दोहामा दिपावली मनाएको छ । कार्यक्रममा प्युठानका बिभिन्न भुभागबाट कतारमा कर्म गर्दै आउनु भएका दाजुभाई दिदीबहिनीको उल्लेख्य उपस्थिति थियो ।

कार्यक्रमका प्रमुख अथिति प्युठान सेवा समाजका बरिस्ठ सल्लाहकार कमल आचार्यको उपस्थिति थियो । त्यस्तै विशेष अथितीमा सहल्लाकर गुमान सिह बिक, सेवा समाजका उपाध्यक्ष चेतमान जैसी, केशवराज के.सी, महासचिव धर्म सिंह बिश्वकर्मा रहनु भएको थियो ।
त्यसै गरि अथितिमा अमृत सुनार, आरबी रसाइली (भिम सुनार) समुन्द्र खड्का, महिला सदस्य सरस्वती कुँवर रहनु भएको थियो ।

त्यसै गरि पत्रकार रेशम रोका मगरको पनि उपस्थिति थियो । कार्यक्रमको सभापतित्व कार्यबाहक अध्यक्ष रबिकिरण अधिकारीले गर्नु भएको थियोे भने कार्यक्रम सञ्चालक सेवा समाजका बरिष्ठ सदस्य वसन्त बि.कले गर्नु भएको थियो ।

अमृत सुनार, भिम सुनार, समुन्द्र खड्का, धर्म सिंह बिस्वकर्मा लगायतले कार्यक्रममा शुभकामना मन्तब्य राख्नु भएको थियोे । मन्तव्यमा सबैले आगामी दिनमा अझै प्युठान सेवा समाजलाई शसक्त बनाउँदै लैजान सबैले र कतारमा हुने यस्ता विविध चाडपर्वलाई यसैगरी मनाउन जोड दिएका थिए ।

समाजले आगामी दिनहरुमा बिगतको जस्तै सामाजिक कार्यमा पनि सहकार्य गर्ने र देश बिदेशमा नेपाली माथि परिआएको अफ्ट्यारोमा प्युठान सेवा समाजबाट गर्नु पर्ने कुनै पनि कार्यमा पछि नहट्ने एक्यवद्धता जाहेर गर्नु भएको थियो । कार्यक्रममा प्रमुख अथिती कमल आचार्यले प्युठानीहरु मर्यादित र अनुसाशित तरिकाले कार्यक्रम गरेकोमा धन्यवाद एबम खुसी प्रकट गर्नु भयो ।

कार्यक्रममा प्युठानी चेलीबेटीले बनाएको सेल रोटी अचार मासु चिउरा खाएर खुसी एक आपसमा साटसाट गरेका थिए । कार्यक्रमा खानपिन पछि रमाइलोको लागि डुङ्गामा चढि मौलिक परम्पराका तिहार गित बजाएर नाचगान गरि प्युठानीहरुले तिहारलाई बिदाई गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here