कञ्चनपुर घटनाको अनुसन्धानमा लापरवाही भेटिए कडा कारवाहीः प्रधानमन्त्री ओली

0
350
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कञ्चनपुर घटनाको अनुसन्धानमा लापरवाही भएको जनगुनासो आफूले पाएको भन्दै त्यस्तो भेटिए जो कसैलाई पनि कारवाही गर्ने बताएका छन् । प्रधानमन्त्री ओलीले प्रदेश ७ का सांसदहरुसँग कञ्चनपुरकी किशोरी निर्मला पन्तको हत्यारालाई पक्राउ गरी कडा कार्वाही गर्ने प्रतिवद्धता व्यक्त गरे ।
                 उनले किशोरी पन्तको हत्याका सम्बन्धमा गहिरो गरी छानविन गर्न सरकारले नयाँ छानविन समितिलाई आवश्यक निर्देशन दिएको पनि स्पष्ट पारे । शनिबार सो हत्याकाण्डको यथोचित छानविन गर्न माग गर्दै बालुवाटार पुगेका प्रदेश ७ का पार्टीका सांसद एवम् नेताहरुसँगको सामूहिक भेटमा प्रधानमन्त्री ओलीले छानविनमा लापरबाही गरेको पाइए प्रहरी प्रशासनलाई समेत कडा कार्वाही गर्ने बताएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद भिम रावलले जानकारी दिए ।
               भेटमा प्रदेश ७ का नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का सांसद एवम् नेताहरुले किशोरी पन्तको हत्यारालाई तत्काल पक्राउ गरी कडा कार्वाही गर्न पार्टीका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालसँग आग्रह गरेका थिए। हत्यारालाई छानविन गर्ने क्रममा भएका कमीकमजोरी औंल्याएर जनता समक्ष सार्वजनिक गर्न पनि प्रधानमन्त्री ओलीको ध्यानाकर्षण गराइएको सांसद रावलले जानकारी दिए ।
                 बलात्कारपछि हत्या गरिएकी किशोरी पन्तको हत्यारालाई पक्राउ गरी कार्वाही गर्न माग गर्दै आएका प्रर्दशनकारीमाथि प्रहरीले गोली हान्दा शुक्रबार एक जना बालकको पनि ज्यान गएको र केही घाइते भएका छन् । सो घटनाबारे पनि छानविन गरी दोषीलाई कार्वाही र पीडितलाई तत्काल राहतको व्यवस्था गर्न पनि प्रधानमन्त्री ओलीको गम्भिर ध्यानाकर्षण गरिएको सांसद रावलले बताए ।

हाँक साप्ताहिकलाई रिपोर्ट गर्नुहुन्छ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here