ओमान नेपाली एकता समाजको बनभोज कार्यक्रम सम्पन्न

0
308

ओमान । ओनेएकस एकताको सन्देश दिंदै बिभिन्न कारणले प्रवाशीन बाध्य भएका नेपालीहरुलाई समेट्दै एकताको सुत्रमा बाँधेको ओमान नेपाली एकता समाजले बनभोज तथा संगठनका कर्मठ, जुझारु सदस्य नमराज आचार्यको बिदाई गरेको छ ।

विगतका बर्षहरु जस्तै एकता समाजले यसपाली पनि बनभोज कार्यक्रम सम्पन्न गरेको छ । २५ जनवरी २०१९ का दिन मस्कटको इत्ती समुन्द्री किनारमा बनभोजको आयोजना गरेका थिए । संयोजक मनु सुनारद्वारा स्वागत मन्तव्य दिनुभएको थियो ।

बनभोजको प्रमुख आकर्षण भने बक्तित्वकला प्रतियोगिता रहेको थियो । वैदेशिक रोजगारका समस्या र समाधानका उपाय भन्ने शिर्षकमा चलेको बक्तित्वकलामा बिभिन्न बक्ताहरुले भाग लिएर वैदेशिक रोजगारले दिएका बिभिन्न समस्याहरु औंलाउँदै, उक्त समस्याको समाधानका उपायहरु बताएका थिय ।

बनभोज कार्यक्रमको रमाइलोमा अर्को आक्रषण रहेको थियो नमराज आचार्यको बिदाई २००९ देखि नै ओमान नेपाली एकता समाजमा आफ्नो छुट्टै छवि बनाएका नमराज आचार्य ओमान बसाइलाई बिटमारी स्वदेश फर्कन लागेकाले उनलाई सोही अवसरमा बिदाई गरिएको छ ।
नमराजलाई बिदाई तथा शुभकामना दिदैं विभिन्न अतिथिहरुले नमराज आचार्यले गरेका कामहरू र उनीसँग विताएका पलहरुको स्मरण गरेका थिए । साथै समाजमा फरकै सैलीमा संगठनका विभिन्न विभागको जिम्मेवारी निभाउँदै आएका नमराज आचार्य ओमान नेपाली एकता समाज केन्द्रीय सदस्य, सिव एरिया समिति, अलखोयईर एरिया समिति तथा रक्तिम परिवारमा एकैसाथ विभिन्न पदमा रहेर जिम्मेवारी निभाउँदै आएका थिए ।

ओमानमा रक्तीमलाई चिनाउन प्रमुख भुमिका खेलेको भन्दै अध्यक्ष तथा महासचिव लगाएतका पदाधिकारीले मायाको चिनो प्रदान गरेका थिए, साथै नमराज आचार्यले पनि सबैको मायाले आफुलाई अझै शसक्त भएर बढ्न थप उर्जा र प्ररेणा मिलेको बताए ।

वनभोजमा कुर्सी दौड लगायतका खेलहरु रक्तिम कलाकारहरुले नृत्य प्रस्तुत गर्नुका साथै सबैले नाच गान, पथ्थरीला पहाडहरुको अबलोकन तथा समुन्द्रमा नौका विहार गरी रमाइलो गरेका थिए ।

बक्तित्वकलामा प्रथमहुने शाबित्रा पोखरेल पाण्डे र द्वितिय हुने लक्ष्मी रायमाझी तथा कुर्सी दौड खेलमा प्रथम हुने गौतम श्रेष्ठ तथा द्वितिय हुने जै कुमारी थापालाई बिशेश उपहार प्रदान गरिएको थियो । अन्त्यमा संयोजकबाट बनभोज कार्यक्रम अनुशासन पुर्वक सफल बनाउने सम्पूर्ण लाई धन्यवाद दिदै कार्यक्रम समापन गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here