राजमो सांसद तारा जिसीद्वारा सरकारको चर्काे आलोचना

0
848

बुटवल । प्रदेश न ५ को हिउँदे अधिवेशन मंसिर २६ गतेबाट सुरू भएको छ । प्रदेश प्रमुखको अधिवेसन आव्हानको पत्र सभामुखले पढेर सुनाएपछि प्रारम्भ भएको थियो ।

उक्त बैठकमा पार्टीको धारणा राख्दै राजमोका प्रदेश सांसद तारा जिसीले ‘एसिया प्यासिफिक समिट’मा संघ सरकारले विश्वमा विवादग्रस्त र वदनाम क्रिश्चियन धार्मिक संस्थाको प्रचारका लागि सम्पूर्ण राज्ययन्त्रको प्रयोग गरिनु, सह–आयोजक समेत हुनु आपत्तीजनक रहेको बताउनु भयो । सरकार र सरकार प्रमुखको यस्तो भूमिकाले देश भित्र र अन्तर्राष्ट्रिय जगतमा नेपाललाई धेरै वदनाम गरेको जिसीको भनाई थियो ।

“आस्था अनुसार धर्म मान्ने र नमान्ने ब्यक्तिगत स्वतन्त्रताका हामी विरोधी होईनौ” जिसीले भन्नु भयो– “संविधान मै धर्म निरपेक्षताको सिद्धान्त स्वीकार गरेको नेपालमा राज्य मेशिनरी नै प्रयोग गरी सरकारले इसाई धर्मको प्रचारद्धारा साम्राज्यवादीहरूको सेवा गर्ने काम गरिरहेको संस्थामा सहभागिता र सह आयोजकको भूमिकामा राजमो गम्भिर आपत्ती छ ।”

साँसद जिसीले प्रदेशको नामाकरण र स्थायी राजधानी सम्वन्धि विशेष समितिले ३ महिनामा त्यस सम्वन्धि प्रतिवेदन बुझाउने जिम्मा लिएर गएको ४ महिना पछि सदनमा फर्कंदा केहि समय पहिले मात्र संयोजक टुंग्याएको जानकारी दिदै प्रदेशले नामाकरण र स्थायी मुकाम पाउँछकि पाउँदैन शंकाको घेरामा रहेको औंल्याउनु भयो । “अब तामझाम सहित यो समिति जिल्ला जिल्लामा राय शंकलन गर्न जाँदैछ, सरोकार वाला भनेर राजनैतिक दलका प्रतिनिधि, जनप्रतिनिधि, नागरिक समाज प्रशासनका प्रतिनिधि आदीको किटान गरिएको छ ।” जिसीले भन्नु भयो– “दाङ र त्यस भन्दा पश्चिमका जिल्लाले बुटवललाई राजधानी बनाउन राय दिदैनन् । रूपन्देही र वरपरका जिल्लाले दाङ्को राय दिदैनन् ।” यसो गर्नु स्वयं दलका नेताहरुबाटनै भएको र उनीहरूको राजनैतिक भविष्य पनि त्यस सित जोडिएको जिसीको भनाई थियो ।

“कसरी निश्कर्ष निस्कन्छ ?” जिसीले संसदमा प्रश्न तेश्राउँदै भन्नु भयो– “जबकी निर्णयको अधिकार प्रदेश सभामा छ ।” प्रदेशका जनताले शुद्ध पानी समेत खान नपाएर पनि सरकारलाई चर्को कर तिरिरहेको जिसीले बताउनु भयो ।

जिसीले अनावश्यक राज्यलाई आर्थिक बोझ नबढाउन र समय खेर नफाल्न समेत सरकारको ध्यान आकर्षकण गराउनु भयो । वास्तव मै वैज्ञानिक प्रकारले प्रदेशको नामाकरण र स्थायी राजधानीको लागि अधिकार सम्पन्न विज्ञ टोलीको गठन गरि त्यसैको प्रतिवेदनको आधारमा टुंगो लगाउनु पर्ने जिसीले जोड दिनु भयो ।

सदनमा सत्ता पक्षका र विपक्षका दर्जनौं साँसदहरूले विचार प्रस्तुत गर्नुभएको थियो । जस्मा भूमिश्वर ढकाल, तुलाराम घर्ति मगर, गिता थापा, कल्पना पाण्डे, हरि प्रसाद रिजाल आदि हुनुहुन्थ्यो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here