चैत्र ८, काठमाडौं । अ.ने.रा.स्व.वि.यु. (छैठौं) ले कंचनपुर, भिमदत्तनगर नगरपालिका वडा नम्बर ९ ब्रम्हदेव बजारको निर्माणाधीन सडक कालोपत्रे गर्ने काम भारतीय सुरक्षा बल एसएसबीले रोकेको भन्दै एसएसबीको उक्त कार्यको निन्दा गरेको छ । अखिल छैठौंका अध्यक्ष बिमल पोखरेलले शुक्रवार जारी विज्ञप्तीमा भनिएको छ- “टेन्डरलगायत सबै प्रक्रिया पुर्याएर कालोपत्रे गर्ने बेलामा सडक निर्माण रोकिनु निन्दनीय छ ।” चैत ८ गते भारतीय सुरक्षा बलको समूहले जबर्जस्ती निर्माण कार्य रोकेको विज्ञप्तीमा उल्लेख छ ।
अखिल (छैठौं)का महासचिव महेशराज जोशीसहितको टीमले उक्त क्षेत्रको निरीक्षण समेत गरेको जनाउँदै छैठौंले निर्माणाधिन सडक सुचारु गर्ने वातावरण बनाउन र भारतीय हस्तक्षेप बन्द गर्न पहल गर्न सरकार समक्ष माग गरेको छ । साथै भारतीय हस्तक्षेपका विरुद्ध सशक्त आन्दोलनको लागि विज्ञप्तिमार्फत आह्वान गरेको छ ।