आध्रा प्रदेश एलुरु, ७–८ जुन । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज, मध्य दक्षिण क्षेत्रीय समिति अन्तर्गत एल्लुरु नगर समितिको तेस्रो सम्मेलन सम्पन्न भएको छ ।
राज कुमार रायमाझीको अध्यक्षता, शिव राज पौडेलको सञ्चालन, अतिथिहरुको आसन ग्रहण, पश्चात रामप्रसाद पौडेल ख र रक्तिम बिभागका क्षेत्रीय कलाकारले स्वागत गरेका थिए ।
सम्मेलनमा मूल प्रवाहका केन्द्रीय बैकल्पिक सदस्य तथा क्षेत्रीय सचिब खिम बहादुर बिकको प्रमुख आतिथ्यता रहेको थियो । विकले सम्मेलनलाई सम्बोधन गर्दै भारत स्तरमा रहेका नेपालीहरुका बिचमा आइपर्ने हरेक समस्याको समाधान गर्नुका साथै नेपाल भित्र चल्ल्ने जनतान्त्रिक आन्दोलनलाई पनि उत्तिकै योगदान पुर्याउदै आयको बताउनु भयो ।
कार्यक्रममा विशिष्ट अतिथी मूल प्रवाहका केन्द्रीय सल्लाहकार तथा क्षेत्रीय सचिबालय सदस्य राम कुमार क्षेत्री, क्षेत्रीय समितिका राम प्रसाद पौडेल क, नरेन्द्र पुन, रक्तिमबाट झलक पुन, रिता शर्मा, कृष्ण कुमारी बिक, भिम बहादुर थापा, वीर बहादुर बिक, लक्ष्मी जिसी, ज्येष्ठ नागरिक मीन बहादुर जिसीले सम्मेलन सफलताको शुभकामना दिनु भएको थियो ।
नयाँ समितिको घोषणा क्षेत्रीय सह सचिब भिम बहादुर थापाले घोषणा गर्नु भएको थियो । जस्माः अध्यक्ष– राज कुमार रायमाझी, उपाध्यक्ष– लक्ष्मी जिसि, सचिब– शिवराज पौडेल, सहसचिब– पृतम पुन र कोषाध्यक्ष– कमला भट्टराई रहेका छन् । त्यस्तै सदस्यहरुमाः दुर्गा प्रसाद आचार्य, खिम कला गाहा, राम प्रसाद पौडेल, जित बहादुर कुंवर, ओम बहादुर खड्का, चिरञ्जीवी श्रेष्ठ बैकल्पिक सदस्य सुक शर्मा आचार्य, जित बहादुर बुढाथोकी, शंकर खड्का, मिना पौडेल, अमृता लम्तेरी र मिना आचार्य रहेका छन् । त्यस्तै सम्मेलनले सल्लाहकारमा प्रबिन कार्की, पदमा पुन, ज्ञानेन्द्र पुन, बिन्दु आलेमगर र कृष्ण बहादुर कार्कीलाई चयन गरेको छ ।
कार्यक्रमको बिच बिच र अन्त्यमा रक्तिमका कलाकारहरुले बेजोड प्रस्तुति साँस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।
महाराष्ट्र वर्धा, ४ जुन । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज, मध्य दक्षिण क्षेत्रीय समिति अन्तर्गत बर्धा नगर सम्मेलनको उद्घाटन क्षेत्रीय सह सचिब भिम बहादुर थापाले गर्नु भएको थियो ।
तुक्मान पुरिको अध्यक्षता तथा बिजय बिष्टको सञ्चालन र सहिदहरुको सम्झनमा एक मिनेट मौनधारण पश्चात् तिलक राम नेपालीले स्वागत गर्नु भएको थियो । शेरबहादुर खड्का, बर्धा नगर समितिका संस्थापन अध्यक्ष बलराम बिस्ट, महिला नगर बिभागबाट उमा बिस्टले शुभकामना दिनुभएको थियो ।
सम्मेलनले शेरबहादुर खड्काको अध्यक्षतामा ९ पुर्ण, ३ बैकल्पिक र ३ सल्लाहकार गरि १५ सदस्यीय बर्धा नगर समिति चयन गरेको छ ।
जसमा उपाध्यक्ष– बस्तराम बिष्ट, सचिव– बिजय बिष्ट, सहसचिब– महेन्द्र ठाकुर र कोषाध्यक्ष– तिलक राम नेपाली रहेका छन् । त्यस्तै सदस्यहरुमा तुकमान पुरी, कृष्ण बिक, कबिता कडेल, आइ बि थापा, बैकल्पिक सदस्यमाः उमा बिष्ट, लक्ष्मी खडका र कमला नेपाली रहेका छन् । त्यस्तै सम्मेलनले सल्लाहकारमा नर्मा पुरी र रुपा बिकलाई चयन गरेको छ । सल्लाहकारको एक स्थान रिक्त राखिएको छ ।