हैदरावाद, १ अप्रेल । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज, उत्तर हैदराबाद नगर नगर समितिद्वारा सञ्चालित सदाशिव पेट एरियाको सम्मेलन सम्पन्न भएको छ । नगर समितिका मोहनलाल शर्मा र क्षेत्रीय समितिकी मिना आचार्यको आतिथ्यतामा उक्त सम्मेलन सम्पन्न भएको हो ।
उद्घाटन समारोहको अध्यक्षता रामसिंह गुरुङ, प्रेम बिष्टको सञ्चालन, अतिथिहरुको आसन ग्रहण, वीर सहिदप्रति एक मिनेट मौनधारण पश्चात् दानबहादुर बिष्टले स्वागत गरेका थिए ।
सम्मेलनको उद्घाटन क्षेत्रीय समितिकि सदस्य मिना आचार्यले गर्नुभएको थियो । कार्यक्रममा: मोहन लाल शर्माले शुभकामना मन्तव्य दिनुभएको थियो । राष्ट्रियताको रक्षा गरौं, भारतस्तिथ नेपालीहरुको सुरक्षा गरौं, आ–आफ्नो स्थानबाट मतदान र संसदमा प्रतिनिधित्वको आवाज बुलन्द गर्दै सम्मेलन सफल पारौं भन्ने मूल नारा सहित सम्पन्न भएको उक्त सम्मेलनमा घोषणा सभा सुरु भयो ।
नवनिर्वाचित सदस्यहरुको नामावली नगर समितिका सदस्य मोहनलाल शर्माले गर्नुभएको थियो । जस अनुसार अध्यक्ष– दानबहादुर बिष्ट, उपाध्यक्ष– कमला क्षेत्री, सचिव– प्रेम बिष्ट, सहसचिव– भुमिका गुरुङ, कोषाध्यक्ष– मनमती ऐरी रहेका छन् । त्यस्तै सदस्यमा: खडकबहादुर गुरुङ, साधना क्षेत्री, शुभास गुरुङ, तुलसी गुरुङ, मदनसिंह गुरुङ, पूजा बिष्ट, नबराज महरा, राम सिंह गुरुङ बैकल्पिक सदस्य उदिमा गुरुङ, जानकी बिष्ट र पार्बती महरा रहेका छन् । त्यस्तै एरियाले नन्दा महरा, हिरा बिष्ट र मिना गुरुङलाई सल्लाहकार चयन गरेको छ ।
कोयम्बटोर, १ मार्च । यहाँ मूल प्रवाह अखिल भारत नेपाली एकता समाज कोयम्बटोर नगर समिति अन्तर्गत टेकलुरस्थित जनसन कलेजमा कार्यरत नेपालीहरु बीच केन्द्रीय सदस्य भिम बहादुर थापाको विशेष उपस्थितिमा एरिया समिति गठन गरिएको छ ।
जसमा: अध्यक्ष– गोपाल शर्मा, उपाध्यक्ष– गोविन्द अधिकारी, सचिव– सुनिल थापा, सहसचिव– टेकनारायण चापागाईं र कोषाध्यक्ष– चन्द्रकान्त शर्मा रहेका छन् । त्यस्तै सदस्यमा: नारायण डांगी, बल बहादुर जिएम, खेमलाल भण्डारी, उमानाथ शर्मा, बैकल्पिक सदस्यमा: याम बहादुर सारु र यमुना उपाध्याय रहेका छन् ।
नयाँ समितिलाई भिम बहादुर थापाले वधाई तथा शुभकामना दिनुभएको थियो ।
सोही दिन सदासिबपेटमा वाल संगठन निर्माण
संयोजक राज बिष्ट, सदस्य बिनोद महरा, संतोसी बिष्ट, संजना बिष्ट, कमला बिष्ट, इश्वरी भण्डारी, लक्ष्मी महरा, सन्तोष बिष्ट, लक्ष्मी महरा, निर्मला भण्डारी, विराट बिष्ट, शुवास महरा र गोपाल भण्डारी रहेका छन् ।
टोल समिति
मूल प्रवाह अखिल भारत नेपाली एकता समाज मध्य हैदराबाद नगर समितिद्वारा सञ्चालित सेकेन्दराबाद बि एरिया समिति अन्तर्गत पिकेट बस्तीमा रहेका नेपाली श्रमजिबिहरुको बिचमा सम्पन्न भेलाले ११ सदस्यीय पिकेट टोल समिति गठन गरिको छ । भुपाल परियार, चन्द्रा परियार, गोमा रानाको पहल तथा बिकास परियार र नगर सचिब तिलक रानाको बिशेष उपस्थितिमा पुनर्गठन गरिएको पिकेट टोलमा अध्यक्ष– शान्ता परियार, सचिव– पार्बती परियार, कोषाध्यक्ष सरिता परियार र सदस्यहरुमा भिम परियार, गोपाल पाण्डे, युवराज परियार, उमा पाण्डे, सुमन परियार, कोपिला कुमाल, जुटबहादुर कुमाल र सुनिल परियार रहेका छन् ।