एन.आई.सी. एसियाको भारतमा रेमिटेन्स सेवा सुरु

0
406
काठमाडौँ । एन.आई.सी. एसिया बैङ्कले एक्सिस बैङ्कसँगको सहकार्यमा भारतबाट इनवार्ड रेमिटेन्सको सुरुवात गर्न लागेको छ । बैङ्कले यस सम्बन्धमा एक्सिस बैङ्क भारतसँग सम्झौता गरी नेपाल राष्ट्र बैङ्कबाट स्वीकृति प्राप्त गरेसँगै भारतबाट इनवार्ड रेमिटेन्स सुरु गर्न लागेको हो ।
उक्त सम्झौता अनुसार, एक्सिस बैङ्कको भारतमा अवस्थित ३५ सयभन्दा बढी शाखाहरुबाट नेपालमा रहेका आफन्त वा अन्य व्यक्तिहरुले भुक्तानी पाउने गरी पठाएको विप्रेषण रकम यस बैङ्कका मुलुकभरि फैलिएको एक सय ९२ वटा शाखा तथा पाँच हजारभन्दा बढी सहायक प्रतिनिधिहरु मार्फत् सरल र सुलभ रुपमा भुक्तानी पाउन सकिने छ । साथै, बैङ्कका एक सय ९२ शाखा सहित निजी क्षेत्रको सबैभन्दा बढी शाखा सञ्जाल भएको बताइएको छ । बैङ्क हालसम्म चार एक्स्टेन्सन काउन्टर, चार वटा ब्रान्चलेस बैङ्किङ युनिट र कुल ५ हजारभन्दा बढी रेमिट्यान्स पेमेन्ट एजेन्टसहित ५ हजार तीन सय ९३ भन्दा बढी भौतिक सञ्जाल मार्फत् बैकिङ् सेवा प्रदान गरिरहेको पनि बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here