एकता समाजले मनायो १३० औं अन्तर्राष्ट्रिय मजदुर दिवस

0
95

टुक बहादुर रामदाम

ओमान/ ढिलोगरी प्राप्त समाचार अनुसार ओमान नेपाली एकता समाज केन्द्रिय समितिको आयोजनामा गत शुक्रबार ३ मे २०१९ का दिन १३० औ अन्तर्राष्ट्रिय मजदुर दिवस कार्यक्रम सम्पन्न गरेको छ ।

मस्कटको अल रिफ होटलमा सम्पन्न कार्यक्रम महासचिव सोम तामाङले सन्चालन गर्नु भएको थियो । केन्द्रिय सदस्य यम प्रसाद पौडेलको स्वागत मन्तव्य तथा रक्तिम परिवार ओमानका कलाकारहरुको स्वागत गितबाट सुरु भएको कार्यक्रमको अध्यक्षता बिस्णु अर्यालले गर्नु भएको थियो

ज्ञात अज्ञात सहिदहरु प्रती १ मिनेट मौनधारण गरि सुरु गरिएको उक्त कार्यक्रममा प्रमुख अतिथी केन्द्रिय अध्यक्ष छबिलाल बस्नेत हुनुहुन्थ्यो भने अतिथिहरुमा रुइ एरिया समितिबाट मन्जु बानिया अल्खोएर एरिया समितिबाट टुक बहादुर रामदाम शिव एरिया समितिबाट सोभाराम पुन रक्तिम परिवार ओमानबाट बुद्ध बि क महिला बिभागबाट मनु सुनार लगायत सम्पुर्ण अतिथिहरुले सुभकामना मन्तव्य राख्नु भएको थियो ।

कार्यक्रममा शुभकामना राख्दै प्रमुख अतिथी बस्नेतले १८८६ मा मजदुरहरुको एकता र आन्दोलनले तत्कालीन सिकागोको पुजिपती सरकारलाई घुडा टेकाएर मजदुरहरुको आठ घन्टा काम आठ घन्टा आराम आठ घन्टा मनोरञ्जन को माग लाइ स्वीकारेको १३० औ बर्स बितिसक्दा पनि अझै पनि केही न केही बाहानामा पुजिपतिहरुले श्रमिक माथी शोषण गरिरहेकोले अझै सम्पुर्ण मजदुरहरु एकढिक्का भै अघि बढन आबस्यक रहेको जनाउनु भयो केही स्थानमा त झन कामदारहरुलाई खरिद गरेर लिने र काम गर्ने कुनै समय सिमा नराखी कजाइ राखेको विद्यमान परिस्थिति सम्बन्धि पक्षलाई त्यता तिर ध्यानाकर्षण गराउन अनुरोध गर्नु भयो ।

नेपालमा नेपाली जनताले आशा गरेको दुई तिहाइको सरकार भएता पनि दैनिक हजारौं मजदुरहरुलाई मानव तस्करहरुले खसिबोका झै बेचिरहदा र ती मानव तस्करहरुलाई कानुनि कार्बाहीको दायरामा ल्याउन नसक्दा सरकारलाई नै लज्जित पारेको तर्क राख्नु भयो । त्यसै गरि कार्यक्रममा रक्तिम कलाकार ओमानको जोडदार प्रस्तुति रहेको थियो भने बासुरी बादक अर्जुन शिलवालले बासुरिको धुनमा हललाई मंत्रमुग्ध पार्नु भएको थियो ।

कार्यक्रममा केन्द्रिय अध्यक्षबाट बर्दियाकी देबु भुसाललाई सदस्यता प्रदान गर्नु भएको थियो । कार्यक्रममा चिया कफी पिय पदार्थको प्रायोजक गर्नु हुने केन्द्रिय सदस्य भानु खनाल र रक्तिम कलाकार टिम लाई बाद्य बादक प्रायोजक गर्नु हुने केन्द्रिय सदस्य शोभाराम पुन लगायत उपस्थित सम्पुर्ण सहभागी साथीहरूलाई एकमुस्ट धन्यवाद दिदै सभा अध्यक्षबाट कार्यक्रमको समापन गरियको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here