एकता समाजको निमन्त्रणामा चित्रबहादुर केसी कतार आउँदै

0
3065

१९९९ देखि स्थापित कतार नेपाली एकता समाज निरन्तर श्रमजिबि को पक्ष मा आफ्नो उपस्थिति दिदै आएको कुरा यहाँ हरु माझ सुनाउन पाउँदा सारै खुसी लागेको छ। जहाँ श्रमिक त्यहा एकता समाज “यो एउटा आफै मा गौरवपुर्ण ईतिहास बोकेको संगठन हो”।कतार मा रहेका हरेक बैचारिक सगठन हरु को तुलनामा कतार नेपाली एकता समाज छुट्टै पहिचान र श्रमिक को आवाज लाई बुलन्द गर्दै अगाडि बढेको सगठन हो।

कतार नेपाली एकता समाज का अध्यक्ष कमरेड लुमाकान्त पुन ले जानकारी गराउनु भए अनुसार ।
“न्यानो अभिवादन । कतार नेपाली एकता समाजको ऐतिहासिक पाँचौ राष्ट्रिय सम्मेलनको लागि प्रमुख अतिथिका रूपमा नेपालबाट राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा पुर्व उपप्रधानमन्त्री एबम नेपाली जनताका लोकप्रिय नेता कमरेड चित्रबहादुर के सि कतार आउने निश्चित भएको खबर यहाँहरु सबैलाई सुनाउन पाउदा हामी अत्यन्तै हर्षित भएका छौं । यस खुशीको अवसरमा सम्पुर्ण एकता समाज परिवारलाई हार्दिक बधाई समेत दिन चाहन्छौं । साथै सम्मेलन भब्य अनुशासित र शानदार रूपमा सफल पार्न आ आफ्नो तर्फबाट सक्दो तयारीमा जुट्न हार्दिक अनुरोध गर्दछौं । धन्यवाद !”

देश को अबस्था र राजनैतिक अदूरदर्शिता को कारण ब्यक्तिगत जिबनयापन को लागि बिदेशिन ब्याध्य बनाइको परिप्रेक्ष मा लाखौ लाख नेपाली युबा हरु खाडी मुलुक कतार मा “सपना शीत पसिना साट्न” बिबस छौ।यह आए पछि का दैनिकी को त के कुरा गरौ!सामन्तबाद र प्रतिक्रियावादी को विरुद्ध लडाइ लड्ने जबान नोकरशाही को चङुल मा दबिउनु बाहेक अर्को कुनै बिकल्प नै छैन।
“सम्मेलन को मध्यनजर गर्दै एकता समाज को बुद्धिजीवी बिभाग ले आर्थिक सम्योजन को लागि अभियान नै चलाएको र विभिन्न ठाउँ हरु मा राजनैतिक भेटघाट गर्दै सम्मेलन को औचित्य को बारेमा छलफल व्यापक बनाएको बिभाग का अध्यक्ष हरि प्रसाद पोख्रेल ले जानकारी गराउनु भयो।”

केही अपबाद लाई छोडेर कतार मा रहेका नेपाली श्रमिक हरु को अवस्था अति दयनिय र कस्टकर छ। नेपाल बाट मान्छे बेच्ने लाइसेन्स पाएका मेनपावर ले काम को कुनै छनौट नगरी कामदार पठाउदा गम्भीर समस्या यहाँ हुने गरेको छ।कामदार पठाउदा सबन्धित दक्ष छ कि छैन हेरिदैन लाखौ रुपैया लिएर गलत तरिकाले फाइदा लिदै कामदार पठाइन्छ।कम्पनी ले यहाँ श्रम शोषण गर्छ, नेपाल मा मेनपावर कम्पनी ले आउदा लिएको ऋण तिर्न नसक्दा बाध्य भएर गैरकानुनी काम मा लागेका हरु को जमात पनि कम छैन।यो समस्य प्रती न सरकार को ध्यानाकर्षण भएको छ नत कतार स्थिति नेपाली कुटनैतिक नियोग को छ।

” साथ मा रक्तिम परिवार ले पनि सम्मेलन को लागि भब्य तयारी गरेको छ ।मजदुर हरु को हकहित को लागि सधै सास्कृतिक आन्दोलन द्दारा उर्जा थप्दै अगाडि बढेको छ।सम्मेलन मा मजदुर हरु को हकमा लड्न एक हुनुपर्छ भन्दै निकाल्यौ हिरामती, सुक्दैन सालैको बोट ,फेरि पनि हुकुमी शासन चल्दैछ,बसे है सानी,सिमली छाया मा बसि,झुक्दैन सिर हाम्रो बिस्तार वाद को सामु लगाएत धेरै तरङित,श्रमिक हरु को जीवन मा मेल खाने जनबादी गित र निर्त्य प्रस्तुत गर्ने जानकारी रक्तिम का अध्यक्ष बलदेब राना ले जानकारी गराउनु भयो।”

देश मा कयौं पटक राजनैतिक परिवर्तन भएका छन।तर आज सम्म ९०प्रतिशत मेहनतकस श्रमिक जनता को अबस्थामा कुनै परिवर्तन हुन सकेको छैन।भयो त के भन्दा शोषक,सामन्त,दलाल,नोकरशाही,पुजिपती,बर्ग हरु लाई संरक्षकत्व गर्दै नाताबाद,कृपाबाद ले नेता हरु लाई अछुतो रहन बाट बन्चित बनायो।देश मा संविधानसभा,गणतन्त्र,लोकतान्त्रिक सम्म आउदा पनि जनता माथिको शोषण र उत्पिडन यथाबत नै छन।आम शोषित र उत्पीडित बर्गहरु का आमूल परिवर्तन को लागि एक जुट नभै परिवर्तन सम्भव छैन त्यसैले श्रमिक हरु देश को आमूल परिवर्तन को लागि सस्थागत हुँदै श्रमिक जनतालाइ आमूल परिवर्तन को पक्ष मा उभ्याउन कोसिस गर्नुपर्छ।

अन्तमा अगस्ट २०१८ बकरी ईद (ईद अल अधा) का दिन दोहाको शालिमार होटेल मा हुने कतार नेपाली एकता समाज को एतिहासिक ५औ राष्ट्रिय सम्मेलन भब्य, सब्य सफल पार्न को निमित्त कतार स्थिति सम्पुर्ण केन्द्रिय समिती,बिभाग,एरिया शुभेच्छुक ,बुद्धिजीवी,कलाकार ,पत्रकार,बैचारिक सघ सगठन ,जिल्ला सस्था,श्रमिक व्यावसायिक लगाएत जनसमुदाय हरु मा आर्थिक नैतिक र भौतिक सहयोग को अपेक्षा गर्दै सम्मेलन सफल पारिदिनु हुन हार्दिक अनुरोध गर्दछौ।

रेशम रोका मगर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here