एकता समाजको आठौं अखिल भारत सम्मेलनको उद्घाटन संस्थापक अध्यक्ष थापाले गर्ने

0
23

चेन्नै भारत । भारतमा कार्यरत नेपालीहरूको अभिभावकीय संगठन अखिल भारत नेपाली एकता समाजको ऐतिहासिक आठौ अखिल भारत सम्मेलन भारतको प्रशिद्ध शहर फरिदावादमा दिनांक १० देखि १२ सितंबर २०२३ का दिन सम्पन्न हुन गइरहेको छ ।
ऐतिहासिक आठौ अखिल भारत सम्मेलनको उद्घाटन प्रमुख अतिथि अखिल भारत नेपाली एकता समाजका संस्थापक अध्यक्ष तथा बरिष्ठ बामपंथी नेता क. गोविंद सिंह थापाले गर्नु हुने छ । विशिष्ट अतिथिको रूपमा ने क पा (मशाल) का महासचिव क.सन्त बहादुर नेपाली हुनुहुनेछ ।
सुप्रसिद्ध जनगायक तथा रक्तिम साँस्कृतिक अभियानका संस्थापक अध्यक्ष क. जीवन शर्माको उपस्थितिमा बेजोड सांस्कृतिक कार्यक्रमको प्रस्तुत गरिने छ ।
साथै विभिन्न राजनीतिक पार्टी तथा समाज संगठनबाट प्रतिनिधित्व गर्ने अतिथि कमरेडहरू र भारत भरीबाट प्रतिनिधि पर्यवेक्षक, कलाकार तथा स्वयमसेबकहरू गरी सम्मेलनमा हजारौको सहभागिता रहने बताइएको छ । उक्त सम्मेलनलाई भव्य र शान्दार रूपमा सफल पार्नको लागि आयोजकहरुले सम्पूर्ण जनसमुदायसित अनुरोध गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here