एकता मञ्च रोपडको ११औं सम्मेलन सम्पन्न

0
528

रमेश खड़का, रोपड । ‘प्रवासी नेपाली जनताको मौलिक अधिकारः स्वास्थ्य, शिक्षा स्वदेशमा रोजगार’ भन्ने मुल नाराका साथ ६ मई २०१८ का दिन अखिल भारत नेपाली एकता मञ्च (रजि.) संयुक्त राज्य समिति चंडीगढ़ अन्तर्गत पर्ने जिल्ला समिति रोपडको एघारौ द्विबार्षिक सम्मेलन रोपडको थर्मल नुहो कालोनीमा सम्पन्न भएको छ ।

उक्त सम्मेलनले निर्मला सिलवालको अध्यक्षतामा १३ सदस्यीय जिल्ला समिति र ५ सदस्यीय सल्लाहकार समिति चयन गरेको छ । जसमाः उपाध्यक्षमा तेज पाल दरलामी र डम्मर जी यम, सचिवमा बहादुर साहनी, सहसचिव चुरामणि सापकोटा र कोषाध्यक्ष राम बहादुर खड़का रहेका छन् । त्यस्तै सदस्यहरुमा श्रीमति हेमा नेपाली, जय पाल परियार, कमल गिरी “ख“ अमृता गुर्मछाने, गोमा थापा, हरिनारायण रिजाल र कृष्ण बहादुर थापा चयन भएका छन् ।

सम्मेलन एकता मंचका केन्द्रीय उपाध्यक्ष राम प्रसाद घिमिरेको प्रमुख आतिथ्यतामा सम्पन्नभएको थियो । त्यस्तै केद्रीय सचिब तिर्थ भण्डारी सह( सचिव रवि कुमार, केन्द्रीय सदस्यहरु कमल गिरी र महिला नेत्री कल्पना जीयम लगायतका अथितिहरुको सहभागीता थियो ।

त्यसैगरी उक्त सम्मेलनमा खेलाइएका बिभिन्न खेलकुद १०० मीटर दौड़, चमचा गुच्छा, घैटो फोड, कुर्सी चोर जस्ता खेलमा उत्कृष्ठ प्रदशन गर्ने खेलाडीहरुलाई पुरस्कार बितरण एब नयाँ जिल्ला समितिलाई सफलताको शुभकामना दिनेहरुमा एकता मंच संयुक्त राज्य समिति चण्डीगढका अध्यक्ष एबं केंद्रीय सदस्य ठाकुर भुसाल, सचिव एबं केन्द्रीय सदस्य प्रकाश स्याडा, दृष्टि सांस्कृतिक परिवारका प्रेम नेपाली अनी जेबी सिलवाल, डोल बहादुर कुँवर, अमराज सुनार, कैलास बिक, बलराम कडेल, नेप बहादुर केसी, बिजय बिक, गगन केसी र लाल बहादुर केसी हुनुहुन्थेयो ।

उक्त सम्मेलनको अध्यक्षता शेर बहादुर खड़का र संचालन कल्पना जीयमले गर्नु भएको थियो भने दृस्टि साँस्कृतिक परिवारद्वारा सम्मेलन अवधिभर विभिन्न रोचक गीतसंगीत र नृत्य प्रस्तुत गरको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here