- इन्द्रमणी पाण्डे
एऊटा साहसी केटो
ऊकालिका हिडिरहेको छ
उसलाई थाहा छ
त्यो उकाली चढ्न मुस्किल छ
तर पनि उसले अनगिन्ती
परिबर्तनकारी भावना
मनमस्तिष्कमा खेलाइरहे छ
आँखाभरी परिबर्तनको सपना
छातीभरी अदम्य साहस लिएर
लक्ष्यसम्मको गन्तब्य तय गरिरहेछ
न्रमता र कठोरता
दुबैको पर्यायबाची
बन्न खोजिरहेछ
कूहूकहू गर्ने कोइली संगै
प्राकृतिक सौन्दर्यतासँग
रमाइरहेछ हो
उसले भन्ज्याङ चौतारी
अनी माटोसँग
आफ्नो जीबनको
सामिप्यता बढाइरहे छ
माटोले उसलाई उद्घोष गरिरहेछ
अनी त्यो भन्ज्याङले भनिरहेछ
उकाली चढ्न मुस्किल छ
धेरै यात्रीहरू थाकिसकें
हो उसलाई थाहा छ
उकाली चढ्न गार्हो छ
तर पनि अदम्य साहस छ दृढ अठोट पनि
कालो अध्यारोरूपी त्यो उकाली पार
गर्नलाई ऊ तयार छ
जस्तो सुकै कठिन परिस्थिती
सहजै सामना गर्न तयार छ
निरन्तर नदीको वहावसंगै
सूर्यको उदाउँदो किरणसंगै
अगाडी बढिरहने छ
आए पनि जस्तो सुकै
कठिनाई अनी अबिस्मरणिय भोगाई
पार गर्नू छ सबै चुनौतीका पहाडहरू
पन्छाएर गन्तब्यमा पूगिछाड्नू छ
हो । उसलाई थाहा छ
अंध्यारो त्यो कालरात पार गरी
सौन्दर्यताको जीबन
अनन्तसम्म जिउनू छ
क्रान्ति पछीको सुन्दर
तथा सूनौलो बिहानसम्म
बाँच्नू छ अनन्त अनन्तसम्म
हो ।
एऊटा साहसी केटो नथाक्ने
गरी उकाली चढिरहेको छ ।