उदयपुर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिति उदयपुर अन्तर्गत न्यु भुवापुरमा श्रमजिवी नेपालीहरु बिच भेला सम्पन्न भएको छ । भेला प्रेम बहादुर रावल र खकेन्द्र रावलको पहलमा नगर अध्यक्ष अभिषेक कुँवर, सचिब तारा कुँवर, केन्द्रीय सदस्य नारायण शर्माको विशेष उपस्थितिमा सम्पन्न भएको थियो ।
भेला द्वारा हरिश भण्डारीको अध्यक्षमा १३ सदस्यीय एरिया समिति गरिएको छ । जसमाः उपाध्यक्ष– टेक बहादुर रावल, सचिव– तपेन्द्र रावल, उपसचिव– सुरेश विष्ट, कोषाध्यक्ष– झपट बहादुर रावल रहेका छन् । त्यस्तै सदस्यहरुमा बिबेक कुँवर, नरेश रावल, प्रेम रावल, खकेन्द्र रावल, दीपक थापा, चन्द्र शङ्कर जोशी, पहल परियार र सुरेश माझी रहेका छन् ।