“आर्टिफिसियल इन्टेलिजेन्स” मानिसको जस्तै वौद्धिक क्षमताभएको मेशिन

0
443

– सुदिप पौडेल

विज्ञान र प्रविधिको विकासले गर्दा कैयौा अनौठा देखीअनौठा आविष्कारहरु भएका छन् । कुनै समयमा असम्भव मानिएकाचिजहरु आज मानव जीवनको हिस्सा हुनपुगेको छ । अकल्पनिय र अद्भुदवस्तुहरु आजहाम्रो साथमा छन् । सारा व्रहमाण्ड एक वनाउने यन्त्रदेखीलिएर ध्वस्तगर्ने हतियार सम्मको आविष्कार गर्न सफलभएको छ विज्ञान । विज्ञानका असिमितउत्पादनलाई जति धेरै चर्चा गर्यो त्यती नै कम हुन्छ । तर यसमा हामी विज्ञान र प्रविधिको यस्तो नविनतमआविष्कारको चर्चा गर्दै छौा जुनअहिले सुन्दाअपत्यारीलो रअसम्भवलागे पनि भविष्यमा हाम्रो जीवनको हिस्सा वन्ने छ । जसलाई वैज्ञानिक भाषामा आर्टिफिसियल इन्टेलिजेन्स् भनिन्छ ।

“मानव द्धारा निर्मीत निर्जिव मानव”, यो वाक्य सुन्दा केहीअचम्मलाग्न सक्छ तर यही नै आर्टिफिसियल इन्टेलिजेन्स् हो । सहज रुपमा भन्नु पर्दा मानवको वौद्धिक क्षमता समान काम गर्न सक्ने मेशिनलाई नै आर्टिफिसियल इन्टेलिजेन्स् भनिन्छ । जसलाई हामी धेरैले रोर्वट भन्ने नामले चिनेका छौा । यी रोर्वट वा आर्टिफिसियल इन्टेलिजेन्स् २१ आंै शताव्दिमा विज्ञानको एक नविनतम आविष्कार हुन् । यी नविनतम आविष्कार विभिन्न क्षेत्रमा प्रयोग भइरहेको छ र अनुसन्धानहरु पनिभईरहेका छन् । मानवहरुले गर्न नसक्ने कठिन भन्दा कठिन कामहरु यी रोर्वटहरुले सहजै गरि दिन्छन् । यति मात्र नभइ कतिपय आर्टिफिसियल इन्टेलिजेन्स्हरु त मानिसहरुको वौद्धिक क्षमता बराबर नै काम गर्ने र संवाद गर्ने गर्छन । यीनिहरु हेर्दा पनि मानव जस्तै देखिने गर्दछन् । मानवहरुसाग सम्वाद मात्र नभइ, संवादका भाव अनुसार भावनात्मक प्रतिक्रयासम्म दिन सक्षम छन् रोवटहरु । सुन्दा र पढ्दा अचम्म लागे पनि यस्ता रोवटहरुको सफल आविष्कार भइसकेको छ । समयको विकास संगै यस्ता रोर्वटहरु भविष्यमा मानव जीवनको हिस्सा बन्नेछन् भन्ने तथ्यलाई हामीले नर्कान सकिदैन । यी त भए केही मानव जस्तै देखीने र भौतिक रुपमा हामीले देख्न सकिने आर्टिफिसियल इन्टेलिजेन्स् ।

तर हामीलाई पत्यार नलाग्न सक्लाकी हामी सवैको स्मार्ट फोन भित्र पनि रोर्वर्ट छन् भनेर । हो हाम्रो स्मार्ट फोन भित्र पनि केही सिस्टम अथवा एप्स् छन् जसलाइ सफ्टवेयर आर्टिफिसियल इन्टेलिजेन्स् भनिन्छ । हाम्रो स्मार्ट फोनमा भएका भ्वाइस एसिस्टेन्स् एप्पस्हरु जस्तै ँसिरी, कोर्टाना र गुगलनाव आदिहरु एक आर्टिफिसियल इन्टेलिजेन्स्का प्रकारहरु नै हुन् । यी सिस्टमलाई हामीले छुन, देख्न नसकिएपनि यिनिहरुले गर्ने कामभने मानिसको वौद्धिक क्षमता बराबर नै हुने गरेको छ । जस्तो की आइफोनमा भएको सिरी वा एण्ड्रोइडमा भएको गुगलनावलाई केही वौद्धिक प्रश्नगरि हेर्नुस, त्यसले दिने जवाफले पक्कै पनि हामीलाई चकितबनाउने छ ।

केही समय अगाडी समाचारमा सुन्नमाआएको थियो की एक रोर्वटले नागरिकता पाइन् भनेर । सोफीया नामकउक्त रोर्वटले गर्न सक्ने अद्भुदकार्यले गर्दा साउदी अरेविया सरकारले उक्त रोर्वटलाई नागरिकता दिएको थियो । मानिस जस्तै वोल्न, संवादगर्न सक्ने र परिस्थिति अनुसार मानवझौ भावना व्यक्तगर्न सक्ने त्यस रोवर्ट संसारकै पहिलो नागरिकता प्राप्त गर्ने रोवर्ट भएको छ । उक्त रोर्वटलाई हङकङको हाइसेन्स् रोवोटिक्स् नामक कम्पनिले सन् २०१५ मा उत्पादन गरेको थियो । त्यसैले नै त कम्प्यूटर विज्ञानको भाषामा अबको युगलाई आर्टिफिसियल इन्टेलिजेन्सको युगभन्ने गरिन्छ । कुनै एक काममा मात्र केन्द्रीत नभइ वातावरण र परिस्थिति अनुसार कामगर्ने र नयाानयाा कुरा सिक्दै जाने हुनाले त आर्टिफिसियल इन्टेलिजेन्सलाई मानव वौद्धिक्तासाग दााज्ने गरिएको छ । मानव जस्तै प्रतिभा र जस्तो सुकै जोखिमपूर्ण काममा पनि प्रयोग गर्न सकिने हुनाले त अहिलेको युगमा आर्टिफिसियल इन्टेलिजेन्स्को माग वढ्दै गइरहेको छ ।वैज्ञानिकहरु पनि यस्ता नविनतम विकासमा केन्द्रीतभइरहेका छन् । विकास साग–सागै विनास भने जस्तै यस्ता आर्टिफिसियल इन्टेलिजेन्सको विकासले मानव जीवनमा के कस्ता सकारात्मक र नकारात्मक प्रभाव पार्ने छ भन्ने वारे भविष्यमा समिक्षा हुादै जानेछ ।
(लेखक युनियनका प्रदेश समिति सदस्य तथा रापस हुनुहुन्छ ।)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here