आरोपित सांसद पदमुक्त नहुने व्यवस्था विरुद्ध रिट

0
155
Gavel, books and handcuffs on wooden table
काठमाडौँ । सङ्घीय संसदका सदस्यलाई फौजदारी अभियोग लागेमा पदमुक्त नहुने व्यवस्था विरुद्ध सर्वोच्च अदालतमा आज रिट निवेदन दायर गरिएको छ ।
         अधिवक्ता रामचन्द्र गौतम र लोकेन्द्र ओलीले आइतबार सङ्घीय व्यवस्थापिकालाई पनि विपक्ष बनाइदिएको निवेदनमा प्रतिनिधि सभा नियमावली २०७५ मा राखिएको फौजदारी अभियोग लागेका सांसद निलम्बन नहुने व्यवस्था असंवैधानिक छ भन्दै खारेज वा बदर गर्न माग गरिएको छ । “फौजदारी अभियोग लागेको सांसद् पदमुक्त नहुने व्यवस्था संविधानको धारा १८ को उपधारा १ र धारा १३३ को उपधारा १ सँग नियमावलीको दफा २४४ उपदफा ३ र ४ मा रहेको व्यवस्थासँग बाझिएकाले उक्त व्यवस्था बदर गर्न माग गर्दछौँ” निवेदनमा भनिएको छ ।
         अधिवक्ता गौतमले प्रतिनिधि सभा सदस्यको कसूरदार प्रमाणित हुँदा पनि पदमुक्त नहुने प्रावधान असंवैधानिक र संविधानको भावना विपरीत रहेको बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here