आमाको नामबाट नागरिकता दिन सर्वोच्चको आदेश

0
360
?????????????????????????????????????????????????????????

काठमाडौं । सर्वोच्च अदालतले महोत्तरीको मटिहानी नगरपालिका–८ का अर्जुन कुमार साहलाई आमाको नामबाट नागरिकता प्रदान गर्न जिल्ला प्रशासन कार्यालय महोत्तरीलाई आदेश दिएको छरु। सर्वोच्चका न्यायाधीश दीपक कुमार कार्की र तेज बहादुर केसीको संयुक्त इजलासले सोमबार साहलाई आमाको नाममा नागरिकता प्रदान गर्न आदेश दिएको हो ।

छ वर्षअघि आमाको नामबाट नागरिकता लिन खोजेका साहलाई जिल्ला प्रशासन कार्यालय महोत्तरीले अन्तरिम संविधान २०६३ मा त्यस्तो व्यवस्था नभएको भन्दै नागरिकता दिन अस्वीकार गरेको थियो । उनकी आमाले विदेशी नागरिकसँग बिहे गरे पनि ३८ वर्षदेखि उनीहरू नेपालमै बसोवास गरिरहेका छन् । नेपालमै जन्मेहुर्केको र आफूले विदेशी नागरिकता नलिएको भन्दै उनले नागरिकताको प्रमाण पत्रका लागि आवेदन दिएका थिए । तर नागरिकता नपाएपछि उनी सर्वोच्चसम्म पुगेका हुन् । सर्वोच्चले नयाँ संविधानको व्यवस्था अनुसार नै साहलाई आमाको नामबाट नागरिकता दिन आदेश जारी गरेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here