आज दोश्रो दिन पनि राजमो दाङले भैलो खेल्यो

0
173

दाङ, कार्तिक २२ । राष्ट्रिय जनमोर्चा दाङले तिहारको अबसरमा जिल्लाका विभिन्न ठाउँमा जनबादी भैलो संचालन गरेको छ । हिजो कार्तिक २१ देखि सुरु भएको भैलो आज पनि निरन्तर चलेको छ । तिहार नेपालीहरुको साँस्कृतिक पर्ब भएकोले यसैको माध्यमबाट जनताको घरदैलोमा देशभक्ती पुर्ण आबाज र गित संगीत पुराउनुका साथै देशभक्ती पुर्ण आन्दोलनमा सहयोग पुराउने उदेश्यका साथ राष्ट्रिय जनमोर्चाले भैलो कार्यक्रम संचालन गरेको हो ।

बिगतका दिनहरुमा हामी र हाम्रो अभियानलाई सबैले साथ सहयोग दिदै आउनु भएको छ । यसपाली पनि साथ, सहयोग हुनेछ भन्ने आशा लिएको अध्यक्ष गणेश आचार्यले बताउनु भयो । दाङ जिल्लाको तुलसिपुर, घोराही, लमही, गढवा, राप्ती लगायतका सबै स्थानीय तहमा भैलो संचालन भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here