आज दिनभरीका मुख्य समाचार

0
231

-मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर महाराजगञ्जमा उपचाररत प्रधानमन्त्री केपी ओलीले विभिन्न नेता र प्रदेश मन्त्रीहरुसँग छलफल गरेका छन् । बिहिबार अस्पतालमै प्रधानमन्त्री ओलीले नेकपाका शीर्ष नेता र ३ नम्बर प्रदेशका मुख्यमन्त्री लगायत मन्त्रीहरुसँग छलफल गरेका हुन् । प्रधानमन्त्री ओलीलाई भेट्न साँझ नेकपाका वरिष्ठ नेता माधव नेपाल र महासचिव विष्णु पौडेल पुगेका छन् । उनीहरुले प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको बताइएको छ ।

-अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का अध्यक्षसहित १० जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगले कोषका तत्कालीन अध्यक्ष दीगम्बर रायले रु ७६ लाख २८ हजार ५०२, तत्कालीन कार्यकारी निर्देशक डा.सूर्यदेव साह रु ६२ लाख ८८ हजार ५६९, नायब सुब्बा उषा मिश्र रु ६६ लाख ४२ हजार ६६४ भ्रष्टाचार गरेको अभियोग लगाएको छ ।

-तेह्रथुममा सिँचाइ अभावमा जिल्लाको ठूलो क्षेत्रफल खेतीयोग्य जमिन बाँझो भएको छ । वर्षा हुने दरमा बर्सेनि उतारचडाव हुँदा किसानले हिउँदे बाली लगाउन पाएका छैनन् । वर्षामा समेत पर्याप्त पानी नपर्दा बाली सुकेर किसान मारमा परेका छन् ।

-प्रदेश ३ का भौतिक पूर्वाधार मन्त्री केशव स्थाापितलाई पदबाट हटाउने तयारीमा मुख्यमन्त्री डोरमणि पौडेल जुटेका छन् । यसै बिषयमा नेकपाका पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीलाई अनुरोध गर्न बिहीबार उनी काठमाडौं गएका छन् । स्थापितले मुख्यमन्त्री डोरमणि पौडेललाई ‘गाली गलौज गरेको’ विषय घरायासी मामिलाजस्तो भएको बताएका छन्।

-सांसद रामवीर मानन्धरको परिचय ०७० सालसम्म वडाध्यक्षमा सीमित थियो । काठमाडौं माहानगरपालिका वडा नम्बर १६ मा दुईपटक वडाध्यक्ष निर्वाचित भएका मानन्धर तत्कालीन एमालेको काठमाडौं जिल्ला कमिटी सदस्य थिए ।

-नेपाल, ब्रिटेन र भूतपूर्व गोर्खा सैनिकका प्रतिनिधि सम्मिलित संयुक्त समितिले आफूहरूको समस्या समाधनको निम्ति दिएको सुझाव कार्यान्वयनको प्रक्रियाअघि नबढाइएको भन्दै गोर्खा भूतपूर्व सैनिक संघ (गेसो) ले दबाबमूलक कार्यक्रम घोषणा गरेको छ।

-राष्ट्रपतिबाट पदमुक्त गरिएका श्रीलङ्काका प्रधानमन्त्री रनिल विक्रमसिङ्गले आफूसँग संसद्‌को समर्थन भएको दाबी बीबीसीसँग गरेका छन्।

-उत्तर कोरियाली अधिकारीहरूबाट महिलामाथि यौनशोषण हुने गरेको र त्यो प्राय: दण्डहीन रहने गरेको मानवाधिकारवादी समूह ह्युमन राइट्स वाच (एचआरडब्ल्यू)को प्रतिवेदनले जनाएको छ।

-जापानी राजपरिवारकी एक सदस्यले आफ्ना प्रेमीसँग विवाह गर्न ‘राजकुमारी’को उपाधि परित्याग गरेकी छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here