आजका प्रमुख समाचार

0
203

आज मंगलबार, २७ मार्च

  • सत्ता सहयात्री माओवादी केन्द्रसमेत संलग्न द्वन्द्वकालमा भएका गम्भीर प्रकृतिका मानव अधिकारको उल्लंघनका घटनामा क्षमा वा आममाफी नदिने भन्दै प्रधानमन्त्री केपी ओलीले विदेशी कूटनीतिज्ञलाई आश्वस्त पारेको एकजना मन्त्रीले बताएका छन्।

  • प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालस्थित कूटनीतिक नियोगका प्रमुख र विकास साझेदारलाई बोलाएर आफ्नो सरकारका ६ प्राथमिकता सुनाएका छन् ।

  • सरकारी निवास बालुवाटारमा पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र झलनाथ खनालका साथै अर्थमन्त्री युवराज खतिवडालाई साथमा राखेर सम्बोधन गरेका थिए ।

  • सरकारले यही साताभित्र आर्थिक श्वेतपत्र जारी गर्न लागेको अर्थमन्त्रालयका अधिकारीहरुले जनाएका छन्।

  • सामान्य प्रशासनमन्त्रीले खटाइएको कार्यक्षेत्रमा जान नमानेका कर्मचारीमाथि कारबाही प्रक्रिया थालिएको बताएपनि कर्मचारीहरूले मन्त्रीलाई त्यस्तो अधिकार नभएको बताएका छन्।

  • अमेरिका तथा यूरोपेली मुलुकहरुपछि अष्ट्रेलियाले पनि रुसी कूटनीतिज्ञलाई निष्काशन गरेको बताएको घटनालाई बीबीसीका कूटनीतिक संवाददाता जनाथन मार्कसले ऐक्यबद्धताको असाधारण प्रदर्शन भनेका छन्।

  • अप्रत्यासित रूपमा बेइजिङ पुगेका उत्तर कोरियाली उच्च अधिकारी अरू कोही नभइ सर्वोच्च नेता किम जङ-अन नै भएको अड्कलबाजी भइरहेको छ।

  • ह्वाइट हाउसले राष्ट्रपति डोनल्ड ट्रम्पको वयस्क चलचित्रकी एकजना अभिनेत्रीसँग सम्बन्ध रहेको भन्ने आरोपहरू अस्वीकार गरेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here