-त्रिवि शिक्षण अस्पतालमा उपचाररत प्रधानमन्त्री केपी शर्माको ओलीको स्वास्थ्यमा उल्लेख्य सुधार आएको छ ।
-यस वर्षको तिहार अन्र्तगत दिपावलीको दिन विद्युत आपूर्तिमा कुनै समस्या नहुने विद्युत प्राधिकरणले जनाएको छ । प्राधिकरणले बुधबार गरेको पत्रकार सम्मेलनमा बोल्दै कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युत आपूर्तिमा कुनै प्रभाव नपर्ने र सर्वसाधारणले दिपावली सहज रुपमा गर्न सक्ने बताएका छन् ।
-सुरक्षा क्षेत्रमा समेत असर परेको भन्दै गृह मन्त्रालयले ७७ वटै जिल्लाका समयमा काम नगर्ने ठेकेदार कम्पनीको सूची भौतिक पूर्वाधार मन्त्रालयमा बुझाएको बताए पनि तिनीहरूमाथि कारबाही नगरिएको भन्दै सरकारको आलोचना हुन थालेको छ।
-डा. बाबुराम भटराइले नेपालका काँग्रेस र कम्युनिष्ट दुवै ब्राण्ड पतनशील, नयाँ शक्ति उन्नत, प्रगतिशील, क्रान्तिकारी, सुसंस्कृत पार्टी निर्माणको पहल गरेको जनाएका छन् ।
-सरकारले पहिलो चरणमा पाँचथर र सिंहदबारबाट राष्ट्रिय परिचयपत्र वितरण गर्ने तयारी थालेको छ । ४९ हजार १ सय १६ जनाको बायोमेट्रिक अर्थात हातको छापसहितको राष्ट्रिय परिचयपत्र परियोजनाको पहिलो परिक्षण चरणमा पाँचथर र सिंहदरबारमा कार्यरत कर्मचारीहरुलाई वितरण गर्न लागिएको हो ।
-नेपाल र भारतले संयुक्त रूपमा गठन गरेको प्रबुद्ध व्यक्ति समूह (इपीजी) को प्रतिवेदन भारतीय प्रधानमन्त्रीले समय अभावका कारण बुझ्न नपाएको एकजना भारतीय सदस्यले बताएका छन्।इपीजीमा भारतीय पक्षबाट सदस्य रहेका प्राध्यापक महेन्द्र पी लामाले बीबीसीसँग कुरा गर्दै त्यसप्रतिको असन्तुष्टिका कारण नबुझेको भन्ने चर्चालाई ‘अडकल’ को रूपमा अर्थ्याए।
-प्रदेश नम्बर एकको सरकारले मध्यपहाडी लोकमार्गअन्तर्गत तेह्रथुमको वसन्तपुर र पाँचथरको फिदिमलाई नयाँ सहरका रुपमा विकास गर्न स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ।
-उखु किसानलाई तिर्नुपर्ने बक्यौता रकम नतिरेका चिनी उद्योगीलाई सरकारले कार्वाही शुरू गरेको बताएको छ।
-पाकिस्तानस्थित एउटा अदालतले धर्मनिन्दाको अभियोगमा दोषी ठहर गरिएकी एकजना इसाई महिला विरुद्धको मृत्युदण्डको सजायको फैसला उल्ट्याइदिएको छ।