आजका प्रमुख समाचारहरु

0
154

-हत्या र बलात्कारजस्ता जघन्य अपराधका दोषीहरूलाई समेत कतिपय प्रहरी अधिकारीहरूकै संरक्षणमा कानुनी कारबाहीबाट उन्मुक्ति दिने गरिएको भनी आलोचना खेपिरहेको नेपाल प्रहरीले आइतवारदेखि समुदायसँग सहकार्य गर्ने एउटा अभियान सुरु गरेको छ।

-जघन्य अपराधका आरोपीलाई उम्काउन केही वरिष्ठ अधिकारीहरू नै संलग्न भएको टिप्पणी हुन थालेपछि नेपाल प्रहरीले आइतवारदेखि सुरू गरेको एउटा महत्त्वाकांक्षी अभियान सफल बनाउन थुप्रै चुनौती देखिएको सुरक्षा सेवाका पूर्व अधिकारीहरूले बताएका छन्।

-कर्णाली राजमार्गमा गुड्ने सार्वजनिक यातायातका साधनहरूले मनपरी तरिकाले भाडा उठाउने गरेको हुनाले आफुहरू मर्कामा परेको यात्रुहरूले गुनासो गरेका छन्।

-आईसीसी विश्वकप क्रिकेटको ट्रफी राष्ट्रपति विद्यादेवी भण्डारीको हातमा पुगेको छ । वर्ल्ड टुरका क्रममा काठमाडौं ल्याइएको विश्वकप क्रिकेटको ट्रफी शीतल निवास पनि पुर्‍याइएको हो ।राष्ट्रपतिले शीतल निवासमा ट्रफी सार्वजनिक गर्ने कार्यक्रम आकस्मिक रुपमा तय भएको हो । सुरुमा प्रधानमन्त्री केपी शर्मा ओलीले भेट्न भनिएको थियो । तर, ओली अस्वस्थ भएका कारण राष्ट्रपतिको हातबाटै ट्रफी सार्वजनिक गरिएको हो ।

-पहिलो किस्ताको रकम लिएर पनि घर नबनाएको देखिएका दुई लाखभन्दा बढी भूकम्पपीडितले रकम फिर्ता नगरे उनीहरूलाई सरकारी सेवा, सुविधाबाट वञ्चित गरिने राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले चेतावनी दिएको छ।

-ब्राजिलमा नयाँ राष्ट्रपति चयन गर्नका लागि दोस्रो तथा अन्तिम चरणको राष्ट्रपतीय निर्वाचनअन्तर्गत मतदान भइरहेको छ।

-श्रीलङ्काली संसद्का सभामुखले राष्ट्रपति माइत्रीपाला सिरिसेनालाई संसद् स्थगन गर्ने उनको निर्णयमाथि पुनर्विचार गर्न आह्वान गरेका छन्।

-मुसलमान र बहुसंख्यक सिंहला बौद्धमार्गीहरूबीच तनाव बढेपछि श्रीलंकाको क्यान्डी सहरमा थप फौज परिचालन गरिएको छ।

-अमेरिकाको पेन्सिलभानिया राज्यको पिट्सबर्ग शहरमा एकजना बन्दुकधारीको आक्रमणबाट ११ जनाको ज्यान गएको छ।

-गत जुलाइमा तेहरान प्रहरी प्रमुखले दुई टन असर्फीसहित एक जनालाई पक्राउ गरिएको बताउँदा धेरै इरानीलाई ती व्यक्तिबारे लगभग जानकारी नै थिएन।

-पाकिस्तानको सर्वोच्च अदालतले भारतका सबै टेलिभिजन च्यानलहरूमाथि पुनः प्रतिबन्ध लगाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here