अलिबाग, २–३ जुन । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज मध्य पश्चिम भारत क्षेत्रीय समिति अन्तर्गत अलिबाग नगर समितिको चौथो सम्मेलन सम्पन्न भएको छ । सम्मेलनको उद्घाटन केन्द्रीय सचिव इन्द्र भेटालले गर्नुभएको थियो ।
भेटालले उद्घाटन मन्तव्यमा देशको वर्तमान राजनीति र एकता समाजको बारेमा बोल्नु भएको थियो । भेटालले– “देशमा वामपन्थीहरुको सरकार चलेको छ, तर प्रवासी नेपालीहरुका समस्या ज्यूँका त्यूँ छन् । सरकारले प्रवासी नेपालीहरुका समस्यालाई ठिकसँग बुझेर सम्बोधन गर्नु पर्ने आवश्यकता छ ।” प्रवासी नेपालीहरुको मताधिकारको बारेमा बोल्दै भेटालले– “सर्वोच्च अदालतले प्रवासी नेपालीहरुको मताधिकारको विषयलाई समाधान गर्न सरकारलाई आदेश दिसक्दा समेत राज्यबाट यो कार्यप्रति कदम नचाल्नु निन्दनीय भएको छ ।”
त्यस्तै सम्मेलनको विशिष्ट अतिथि केन्द्रीय सचिवद्वय प्रेम पौडेलले भारत प्रवासमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले श्रमजिवी नेपालीहरुको पक्षमा काम गर्ने एक मात्र संगठन भएको बताउनु भयो । पौडेलले भारत प्रवासमा विभिन्न संघ संस्थाहरुमा छिरलिएर रहेका सम्पूर्णलाई मूल प्रवाहको झण्डामुनी गोलबन्द हुन समेत अव्हान गर्नुभएको थियो ।
केन्द्रीय सदस्य तथा क्षेत्रीय अध्यक्ष खुम बहादुर पुन, क्षेत्रीय सदस्य अनन्त राहाडी, सदस्य तेज बहादुर थापा लगायतले सम्मेलन सफलताको शुभकामना मन्तव्य दिनुभएको थियो । उद्घाटन कार्यक्रमको अध्यक्षता मधु पुनले र सञ्चालन रमेश दर्लामीले गर्नुभएको थियो । सम्मेलनमा सहभागिहरुलाई खिम बहादुर पल्लीले स्वागत गर्नुभएको थियो ।
चौथो सम्मेलनले मधु पुनको अध्यक्षतामा २१ सदस्यीय नगर समिति चयन गरेको छ । जसमा: उपाध्याक्ष– खिम बहादुर पल्ली, सचिव– इश्वरराम पुन, सहसचिव– चित्र बहादुर थापा र कोषाध्यक्ष– कुमार थापा रहेका छन् । त्यस्तै सदस्यहरुमा: नुमान थापा, पुरन गुरुङ, रमेश दर्लामी, मान बहादुर पुन, भक्त बहादुर गुरुङ, धन बहादुर सारु, झग बहादुर थापा, आँसु गुरुङ, यम बहादुर पल्ली, जमानसिंह गुरुङ, वैकल्पिक सदस्यहरुमा: राजु पुन र धन बहादुर थापा रहेका छन् । सम्मेलनले सल्लाहकारमा: छबिलाल भण्डारी र युराज गुरुङलाई चयन गरेको छ । सल्लाहकारमा दुई स्थान रिक्त राखिएको छ । नवनिर्वाचित समितिको घोषणा क्षेत्रीय सदस्य अनन्त राहाडीले गर्नुभएको थियो ।
प्रमुख अतिथि इन्द्र भेटाल, विशिष्ट अतिथि प्रेम पौडेल, केन्द्रीय सदस्य खुम बहादुर पुन, क्षेत्रीय सदस्य अनन्त राहाडी, तेज बहादुर थापा, रक्तिम केन्द्रीय विभागका बोम सिंजापति, महिला क्षेत्रीय विभागकी संयोजक रेणुका कुंवर, रक्तिम अभियानकी कलाकार उषा थापा, रायगढ नगर समितिका श्याम त्रामु, पुना नगर समितिका शेर बहादुर पुलामी लगायतले नवनिर्वाचित समितिलाई बधाई दिनुभएको थियो ।
मिना गुरुङको अध्यक्षता तथा रमेश दर्लामीको सञ्चालनबाट अगाडि बढेको सो घोषणा सभामा उपस्थित जनसमुदायलाई खिम बहादुर पल्ली र रक्तिमका कलाकारहरुबाट स्वागत गरिएको थियो । कार्यक्रमको अन्तमा रक्तिम विभागका कलाकाहरुद्वारा भव्य साँस्कृतिका कार्यक्रम प्रस्तुत गरिएको थियो ।