अलखोर एरिया समितिको भेला गरियो

0
294

ओमान । नेपाली एकता समाज ओमन स्थित अलखोयर एरिया समितिको भेला १६ फेब्रुअरी २०१८का दिन सम्पन्न भएको छ । भेला टुक बहादुर रामदामको अध्यक्षता र आकाश नेपालीको सञ्चालनबाट सुरु भएको थियो । भेलामा नेपालीले प्रगती विवरण र रामदामले आर्थिक विवरण प्रस्तुत गर्नु भएको थियो ।

भेलाद्वारा टुक बहादुर रामदामको अध्यक्षतामा अलखोर एरिया समिति चयन गरिएको छ । जसमाः उपाध्यक्षमा– रबिराज बस्नेत, सचिव– आकाश नेपाली, कोषाध्यक्ष– हरि घिमिरे रहेका छन् । त्यस्ते सदस्यहरुमाः कुमारी तितुङ, कुमारी गुरुङ, भुमिका चौहान, लोकी गाहा मगर, कोपिला बिक, बलबहादुर बिक, दिप बहादुर घर्ति, बुद्ध बिक, निरज रामदाम, रबिन्द्र राजथला, जितु दर्लामी वैकल्पिक सदस्यमाः मान बहादुर बिक र एक रिक्तस्थान गरी १७ सदस्य समिति चयन गरेको छ । त्यस्तै भेलाले विष्णु अर्याल र दिल प्रसाद पौडेल सल्लाहकार चयन गरेको छ ।

भेलाद्वारा चयन नयाँ समितिलाई बधाई तथा शुभकामना दिदैं अन्तर्राष्ट्रिय नेपाली एकता समाजका महासचिव लामिछानेले नेपाली एकता समाजको विधानमा रहेर मजदुरहरुको हित हुने जस्तोसुकै काम गर्न कसैलाई सोध्न र पर्खिन नपर्ने बताए । जस्तो सुकै परिस्थिति आइपरे पनि सर्वहारा वर्ग, प्रवासी नेपाली मजदुरहरुको समस्याको समाधान लगायत राष्ट्र, राष्ट्रियताका लागि पछि नहट्ने प्रतिबद्धता लामिछानेले जाहेर गरेका छन् ।

नयाँ समितिको घोषणा केन्द्रीय समितिका अध्यक्ष छविलाल बस्नेतले गरेका थिए । भेलामा अन्तर्राष्ट्रिय नेपाली एकता समाजका महासचिव शोभाकान्त लामिछाने, ओमान नेपाली एकसमाज केन्द्रीय समितिका अध्यक्ष छबिलाल बस्नेतको आतिथ्यता रहेको थियो । कार्यक्रममा रक्तिमबाट इन्द्रलाल खनाल, महिला विभागकी कुमारी गुरुङ, खेलकुद विभाग बुद्ध बिक, रुवि एरियाबाट विष्णु शर्मा, शिव एरियाबाट दुर्गा गिरी, कुरुम एरियाबाट गुनाखर खनालले पनि अतिथि आसन ग्रहण गर्नुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here