अम्वालामा चौथो नगर सम्मेलन सम्पन्न

0
420

अम्वाला, ५ अप्रेल । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज सुदुर पश्चिमोत्तर क्षेत्रीय समिति अन्तर्गत अम्वाला नगर समितिको चौथो नगर सम्मेलन सम्पन्न पारिएको छ । धनबहादुर खडकाको अध्यक्षता तथा रेवती प्रसाद आचार्यको सञ्चानलबाट अगाडि बढेको सो उद्घाटन समारोहमा अतिथी आशन ग्रहण पछि ज्ञात–अज्ञात सहिदहरुप्रति १ मिनेट मौनधारण पछि वावुराम खनालले स्वागत गर्नु भएको थियो ।

केन्द्रीय सदस्य दिनेश खडका द्धारा उदघाटन गरिएको सम्मेलनमा केन्द्रीय उपाध्यक्ष कपिल खनाल र क्षेत्रीय सदस्य प्रेम रसालीले सम्मेलन सफलताको शुभकामना मन्तव्य दिनुभएको थियो ।

घोषणा सभाः

सम्मेलनले कमल सुवेदीको अध्यक्षतामा नयाँ समिति चयन गरेको छ । जसमाः उपाध्यक्ष– लक्ष्मण अर्याल, सचिव– बाबुराम शर्मा, सहसचिव– रेवती प्रसाद आचार्य र कोषाध्यक्ष– प्रेम रसाली रहनुभएको छ । त्यसैगरी सदस्यहरुमा क्रमशः धनबहादुर खडका, विक्रम महरा, गोपाल नेपाली, विष्णु विसी, वैकल्पिक सदस्यहरुमाः गणेश भुसाल, दुर्गा प्रसाद पंथ र नरबहादुर गुरुङ रहनुभएको छ । त्यस्तै सम्मेलनले देवीराम शर्मा, तारा बहादुर, विनोद नेपाली र थानेश्वर थापालाई सल्लाहकार चयन गरेको छ । नयाँ निर्वाचित नगर समितिका कार्यक्रताहरुको घोषणा क्षेत्रीय कोषाध्यक्ष दिनेश खडकाद्वारा गरिएको थियो ।

सम्मेलनमा प्रमुख अतिथी केन्द्रीय समितिका उपाध्यक्ष कपिल खनाल हुनुहुन्थ्यो । उपाध्यक्ष कपिल खनाल एकातर्फ प्रवासी नेपालीहरुको वीच मूल प्रवाह एकता समाजले अभिभावकको रुपमा कामगरि रहेको र अर्को तर्फ राष्ट्र र राष्ट्रियताको पक्षमा अविचलीत संघर्ष गर्दै आइरहेकोले नै प्रवासी नेपालीहरुको बीचमा सबैको प्यारो संगठन बनेको बताउनु भयो ।

केन्द्रीय सल्लाहकार तिलक पौडयाल, जनजाति विभागका विल वहादुर गुरुङ, रक्तिम विभागका मनकाजी गुरुङ, महिला क्षेत्रीय विभागकी लक्ष्मी गुरुङ, भटिण्डा नगर समितिका जग प्रसाद खनाल, चंडिगढ नगर समितिका प्रेम आचार्य, रोपड नगर समितिका भिमबहादु गुरुङ लगायतले नव निर्वाचित समितिलाई बधाई दिनुभएको थियो ।

प्रेम रसालीको अध्यक्षतामा तथा वावुराम शर्माको सञ्चानलबाट अगाडि बढेको सो सम्मेलनको घोषणा सहभागिहरुलाई लक्ष्मण अर्याल र रक्तिमका कलाकारहरुले स्वागत गर्नु भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here