गजल
-सुरेशकुमार पान्डे
देश जोगाउँनछ भने राम्रो काम थालेर देखाऊ,
ढिलो नगरी देश बाट संघियता फालेर देखाऊ।
सरकार आत्म निर्भर बनाउ यो देश लाई अब,
आफ्नो मात्रृत्व भूमी लाई प्राण हालेर देखाऊ।
झिना मसिना कल कार्खाना बनाउ देशभित्रमै,
देशमा बिकाशको लागी पाईला चालेर देखाऊ।
देउ रोजगार देशभक्त युवाहरु जाँदैनन् कतै नी,
आफ्नै शन्तानहरु लाई देशभित्र पालेर देखाऊ।
मैलिँदै गयो देश बिदेशि रबाफमै मेरो बिचरमा,
निडर बनअनि मयल देशबाट खगालेर देेेखाऊ।
देशमा दुश्मनको चाला नै सखाफ पार्नुछ भनी,
अखण्ड झण्डा फराउँदै हिम्मत गालेर देखाऊ।
मधेश पहाड हिमाल हाम्रो एउटैहो नेपाल भन,
जाग उठ जुट जनता संघियतानै ढालेर देखाऊ।
आउ सारा देश यो अन्धकारको जालो च्यातन,
भन्छ सेते ले अंधकार चिर्ने दियो बालेर देखाऊ।