अन्तेष्ठीका लागि मूल प्रवाहले व्यवस्था मिलायो 

0
129
बेंगलोर उत्तर । नेपाल जिल्ला सुर्खेत, विजोर गाउँपालिका ८ निवासी हाल बेंगलोर नागवारास्थित मच्छी मार्केटमा कार्यरत विनोद भाट र निसा भाटको मृत नवजात शिसुलाई अन्तेष्ठिका लागि जग्गा मूल प्रवाह अखिल भारत नेपाली एकता समाज बेंगलोर नगर समितिको पहलमा व्यवस्था गरिएको छ ।
         भाट परिवारले आफ्नो बच्चाको मृत्यु भइसकेको जानकारी नजिको लेडि बेरिङ हस्पिटलमा लगेर जाँच गराउँदा थाहा लागेको बताए । मृत बच्चालाई अन्तेष्ठिका लागि ठाउँ नपाए पछि मूल प्रवाह अखिल भारत नेपाली एकता समाज बेंगलोर उत्तर नगर समितिमा जानकारी भाट परिवारले दिएको थियो ।
भाट परिवारको सो विस्तृत जानकारी नगर सदस्य शंकर देवकोटाले पाए पछि नगर सचिव सहितको टिमले शहरस्थित आरटीनगरको हरिसचन्द्र घाटका इन्चार्जसँग छलफल गरि बच्चाको अन्तेष्ठिका लागि व्यवस्था मिलाइएको थियो । तत्पश्चात नगर उपाध्यक्ष कृष्ण परियार, सचिव कृष्ण नेपाली, विवि थापा, शंकर देवकोटा र मृतक बच्चाका परिवार जनको सहभागितामा अन्तेष्ठि गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here