अन्जार, ३ मई ।
मूल प्रवाह अखिल भारत नेपाली एकता समाज पश्चिम भारत क्षेत्रीय समिति अन्तर्गत कच्छ भुज जिल्ला अन्तर्गत पर्ने अन्जार नगर समितिको दोश्रो भेला सम्पन्न भएको छ । विजय थापाको सञ्चालन, धमेन्द्र साउँदको अध्यक्षता र अंकित कार्किको स्वागत भाषणबाट अगाडि बढेको सो भेलालाई केन्द्रीय सदस्य गोविन्द बहादुर थापाले सम्बोधन गर्नुभएको थियो ।
भेलाले धमेन्द्र साउँदको अध्यक्षतामा नयाँ समिति चयन गरेको छ । जसमाः उपाध्यक्ष– विजय थापा, सचिव– प्रेम कार्की, सहसचिव– अंकित कार्की र कोषाध्यक्ष– कृष्ण रिजाल रहेका छन् । सदस्यहरुमाः सन्देश कार्की, झलक कार्की, भुपेन्द्र शर्मा, खड्क जैसी, वैकल्पिक सदस्यमाः देवीराम जैशी र लालसिंह रहेका छन् । त्यस्तै केशर विसी र प्रसाद शाहीलाई भेलाले सल्लाहकार चयन गरेको छ । नयाँ समितिलाई गोविन्द बहादुर थापाले बधाई दिनुभएको थियो ।
जामनगर, ४ मई ।
मूल प्रवाह अखिल भारत नेपाली एकता समाज पश्चिम भारत क्षेत्रीय समिति अन्तर्गत जामनगर नगर समितिको दोश्रो भेला सम्पन्न भएको छ । भेलामा केन्द्रीय सदस्य गोविन्द बहादुर थापाको प्रमुख आतिथ्यता र क्षेत्रीय प्रतिनिधि मोहन बस्नेतको विशेष आतिथ्यता रहेको थियो ।
कार्यक्रमको सञ्चालन कमल सोनीले गर्नुभएको थियो भने अध्यक्षता जयस रसाली गर्नुभएको थियो । भेलामा सहभागिहरुलाई सुरेश सोनीले मन्तव्यबाट स्वागत गर्नुभएको थियो ।
भेलाले जयश रसालीको अध्यक्षतामा जामनगर नगर समिति चयन गरिएको छ । जसमाः उपाध्यक्ष– भरत विश्वकर्मा, सचिव– सुरेश सोनी, सहसचिव– कविन्द्र सोनार र कोषाध्यक्ष– दिपेन्द थापा रहेका छन् । त्यस्तै सदस्यमाः किसान सोनी, किसान नेपाली, वैकल्पिक सदस्यमाः दिपेश थापा र नविन परियार रहेका छन् । भेलाले धमेन्द्र लामा, कमल सोनी र रन्जीत रसालीलाई सल्लाहकार चयन गरेको छ । नयाँ समितिलाई गोविन्द बहादुर थापा र मोहन बस्नेतले वधाई दिनुभएको थियो ।