अनेरास्ववियु (छैठौं)को २३औं जिल्ला सम्मेलन गल्कोटमा उद्घाटन

0
946
असौज ११, बाग्लुङ । अनेरास्ववियु (छैठौं) बाग्लुङ जिल्लाको उद्घाटन आज गल्कोटको कांडेबासस्थित शिव माबिको प्राङ्गणमा भएको छ । “सर्वशुलभ र जनवादी शिक्षाको लागि हाम्रो आन्दोलन, सामाजिक न्याय र समाज शिक्षाको लागि २३ औं बाग्लुङ जिल्ला सम्मेलन” भन्ने मूल नाराका अन्तर्गत छैठौं बाग्लुङले जिल्ला सम्मेलन उद्घाटन गरेको हो ।
                 सम्मेलनका प्रमुख अतिथि युनियनका महासचिव भिमलाल पोख्रेलले मैनबत्ती बालेर उद्घाटन गरेका थिए । पोखरेलले शिक्षामा लगानी गर्न सरकारले आलटाल गर्नुले शिक्षामा बिकृती फैलिएको बताए । शिक्षामा आमूल परिवर्तन गरि जनवादी र बैज्ञानिक शिक्षा लागू गर्नका लागि बिद्यार्थीहरु नै संगठित रुपमा लाग्नु पर्ने पोखरेलले बताए ।
                  त्यस्तै विशिष्ट अतिथिको आसनबाट शुभकामना मन्तव्य दिंदै राजमो केन्द्रीय सदस्य तथा बागलुङ जिल्ला समन्वय समितिका प्रमुख राजेन्द्र ढुङ्गानाले अहिलेको सरकारबाट कुनै प्रकारको सकारात्मक कार्य हुन नसकेकोमा चिन्ता प्रकट गर्नु भयो । राजमो बागलुङ जिल्ला अध्यक्ष अमर बहादुर थापाले सहि शिक्षाको आर्जन गर्नका लागि विद्यार्थीहरु बिद्यालयमा पुगेर मात्र नपुग्ने बताए । सहि शिक्षाका लागि सरकारले सहि शिक्षा नीति बनाउनु पर्ने थापाले थपे ।
                    कार्यक्रममा युवक संघ केन्द्रीय सल्लाहकार तिलक थापा, प्रगतिशील पत्रकार संघ गण्डकी प्रदेश इन्चार्ज तारा प्रसाद शर्मा, नेपाल पत्रकार महासंघ जिल्ला सदस्य तथा रेडियो बिहानिका स्टेशनका प्रकाश छन्त्याल, युरोप नेपाली एकता समाज सदस्य अनिल सुवेदी, युएई नेपाली एकता समाज पुर्व अध्यक्ष कृष्ण केसी, अखिल नेपाल संघ केन्द्रीय प्रतिनिधि टीका राम कडेल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
                   कार्यक्रम छैठौं जिल्ला अध्यक्ष शिव चालिसेको अध्यक्षता, जिल्ला सदस्य मनिष कडेलको स्वागत मन्तव्य र जिल्ला उपाध्यक्ष दिलिप बुढा थोकीको सञ्चालनबाट अगाडि बढेको थियो ।
                   सम्मेलनमा बाग्लुङ जिल्लाभर का १० नपा र गापाका प्रतिनिधि र पर्यवेक्षकहरु गरि ३२५ जना विद्यार्थीहरु उपस्थिति रहेकोे छ । आज राति सम्पन्न हुने बंदशत्रले नयाँ समिति चयन गर्ने छ । भोली सम्मेलनको घोषणा सभा हनुे हामीलाई आयोजक समितिले जानकारी गरएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here