अनेकि संघले महंगी र कर वृद्धिको विरुद्ध देशव्यापी संघर्ष गर्ने

0
625

असार ८, बुटवल । अखिल नेपाल किसान संघले महंगी र कर वृद्धिको विरुद्ध देशव्यापी संघर्ष सञ्चालन गर्ने निर्णय गरेको छ । संघको असार ६ र ७ गते बुटवलमा सम्पन्न राष्ट्रिय भेलाले सो निर्णय गरको हो । संघका अध्यक्ष भैरवराज रेग्मीले एक प्रेस विज्ञप्ती जारी गरि भनेका छन्– “प्रत्येक गाउँ÷नगरपालिकामा किसान संघको नेतृत्वमा ज्ञापन–पत्र सहित जुलुस, धर्ना दिने निर्णय गरिएको छ ।” उक्त कार्यक्रममा आफ्ना स्थानीय मागहरू समावेश गरी आफ्नो अनुकूलतामा ३ महिनाभित्र यो संघर्ष सञ्चालन गर्नु पर्ने विज्ञप्तीमा उल्लेख छ ।

दाङ जिल्लामा मोहियानी हकको संरक्षणका लागि आन्दोलन गर्ने र सुदूर पश्चिममा किसानका वर्गीय समस्यालाई लिएर आन्दोलनको तयारी गर्ने निर्णय गरिएको अध्यक्ष भैरवराज रेग्मीले विज्ञप्तीमा जनाएका छन् ।

त्यस्तै भेलाले २०७६ सालको पौष महिनादेखि ३ महिनासम्म राष्ट्रिय रूपमा किसान जागरण अभियान सञ्चालन गर्ने निर्णय गरेको समेत जनाएको छ । “२०७६ सालको अन्तिममा राष्ट्रिय सम्मेलन गर्ने निर्णय गरेको छ” विज्ञप्तीमा उल्लेख गरिएको छ । विगतमा किसान अभियान सञ्चालन गरेको थियो ।

उक्त भेलाको उद्घाटन अखिल नेपाल किसान संघका अध्यक्ष भैरवराज रेग्मीले मैनबत्ती बालेर गर्नु भएको थियो । भेलामा राष्ट्रिय जनमोर्चाका महासचिव जनकराज शर्मा, अखिल नेपाल महिला संघकी अध्यक्ष मिना पुन, ५ नं. प्रदेशका सांसद मा. तारा जि.सी., तराई–मधेस जनवादी मोर्चाका अध्यक्ष बद्रे आलम, जातीय समता समाजका सल्लाहकार राजेश बि.क., अखिल नेपाल बुद्धिजीवी संघका सल्लाहकार दुर्गानाथ खरेल, अखिल नेपाल राष्ट्रिय उद्योग व्यापार संघका अध्यक्ष ढुण्डीराज शर्मा, रूपन्देही व्यापार संघका अध्यक्ष पदम श्रेष्ठ, अ.ने.रा.स्व.वि.यु. छैटौँका केन्द्रीय सदस्य सुरेश आचार्य लगायतले आतिथ्यता तथा शुभकामना मन्तव्य दिनु भएको थियो ।

भेलाले अखिल नेपाल किसान संघलाई अखिल नेपाल किसान महासंघमा लैजाने निर्णय गरेको छ । यस अन्तर्गत वस्तुगत संगठनहरू अखिल नेपाल पशुपालन तथा दुग्ध व्यवसायी संघ, अखिल नेपाल कुखुरा व्यवसायी संघ, अखिल नेपाल फलपूmल, तरकारी तथा बीउ उत्पादक संघ निर्माण गर्न तिनै संगठनको न्यूक्लस गठन गरेको छ । भेलाले घोषणा–पत्र र विधान उपर समयानुकूल संशोधन गरेको छ ।

कृषि क्षेत्रमा रहेको वर्तमान अवस्था र यसको विकास तथा आन्दोलनका लागि अध्ययन र अनुसन्धान गर्न भैरवराज रेग्मीको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरिएको छ । जसमा कृष्ण के.सी., शिवहरि खनाल, गणेश बन्जाडे र जीवननारायण खनाल रहनु भएको छ ।

केन्द्रीय संगठन समितिले शिवहरि खनाललाई सल्लाहकार, तुलसी सापकोटा (बाँके) केन्द्रीय सदस्य, धर्मानन्द सुवेदी (बारा) केन्द्रीय सदस्य, दुर्गा लोप्चन (सर्लाही) वैकल्पिक सदस्य, रुकबहादुर पराजुली (रूपन्देही) केन्द्रीय सदस्यमा थप गर्ने निर्णय गरेको छ । कोषाध्यक्ष गणेश गौतम सल्लाहकारमा रहनु भएको छ भने रिक्त कोषाध्यक्षमा बि.बि. विष्टलाई राख्ने निर्णय भएको छ । त्यस्तै केन्द्रीय कार्यालयको जिम्मा बि.बि. विष्टलाई दिइएको छ । किसान संजालमा प्रतिनिधित्व गर्न शिवहरि खनाल र बि.बि. विष्टलाई जिम्मा दिइएको छ ।

पुनः संरचित राज्य अनुसार प्रदेश समन्वय समिति बनाउने निर्णय भएको छ । जस अनुसार २ नं. प्रदेश इन्चार्ज धर्मानन्द सुवेदी, उप–इन्चार्ज श्रवणकुमार लोप्चन, ३ नं. प्रदेश इन्चार्ज शिवहरि खनाल, ४ नं. प्रदेश इन्चार्ज कृष्ण के.सी., ५ नं. प्रदेश इन्चार्ज चन्द्रबहादुर के.सी., ६ नं. प्रदेश इन्चार्ज शिव पौडेल र ७ नं. प्रदेश इन्चार्ज हरिकृष्ण पाण्डे रहनु भएको छ । १ नं. प्रदेशलाई केन्द्रीय कार्यालयले हेर्ने निर्णय भएको छ ।

महासचिव कृष्ण के.सी.को सञ्चालन र उपाध्यक्ष चन्द्रबहादुर के.सीले स्वागत भाषण गर्नुभएको थियो । शहीदहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै एक मिनट मौनधारण गरिएको थियो । उद्घाटन कार्यक्रमपछि बन्द शेसन सुरु भयो । बन्द शेसनको अध्यक्षता अखिल नेपाल किसान संघका अध्यक्ष भैरवराज रेग्मीले गर्नुभएको थियो भने सञ्चालन महासचिव कृष्ण के.सी.ले गर्नु भयो ।

अन्तमा, समापन कार्यक्रम राष्ट्रिय भेलामा सहयोग गर्ने प्रकाश जि.सी., राष्ट्रिय भेलाका प्रतिनिधिहरू जीवनारायण खनाल, विष्णु भुषाल, मुक्तिराम न्यौपाने, श्रवणकुमार लोप्चन, शिवहरि खनालहरूले आ–आफ्नो मन्तव्य राख्नु भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here