विर्तामाेड । राष्ट्रिय प्रजातन्त्र पार्टी निकट राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन झापाले अनिवार्य कम्प्युटर शिक्षाको माग राख्दै झापाका स्थानीय तहमा ज्ञापन पत्र बुझाएकाे छ ।
संगठनका केन्द्रिय उपाध्यक्ष माधव पोखरेलको नेतृत्वमा गएको टाेलीले साेमबार विर्तामोड नगरपालिका, भद्रपुर नगरपालिका, कन्चनकवल गाउँपालिका र बार्हदशी गाउँपालिकामा ज्ञापनपत्र बुझाएकाे हाे ।
संगठनले झापाका १५ वटै स्थानीय तहमा रहेका सरकारी तथा सामुदायिक विद्यालयरुलाई प्रविधिकाे क्षेत्रमा अगाडि बढाउन अनिवार्य कम्प्युटर शिक्षाको मागसहित ज्ञापनपत्र बुझाउने अभियान शुरु गरेकाे संगठनका केन्द्रिय सदस्य गणेश सुवेदीले बताए ।
संगठनले गौरादह नगरपालिका र गौरीगन्ज गाउँपालिकामा भने यसअघिनै ज्ञापनपत्र बुझाइसकेकाे र बाँकी स्थानीय तहमा पनि चाँडै बुझाउने संगठनका झापा अध्यक्ष पुजन भट्टराईले जानकारी दिए ।