अध्यक्षतामा कुलराज खनाल
विनोद गैरे/ संधीखर्क । अखिल नेपाल यूवक संघ जिल्ला समिति अर्घाखाँचीको ७ औं जिल्ला सम्मेलन सन्धिखर्कमा सम्पन्न भएको छ । पानसमा वत्ति वालेर सम्मेलनको उद्घाटन गर्दै अखिल नेपाल यूवक संघका केन्द्रीय अध्यक्ष तिलक थापाले राज्यलाई रेमिटान्स भित्राउने मात्र यूवाहरुको काम भएकोले युवाहरुलाई स्वदेसमै रोजगारको लागि सरकारले ठोस योजना ल्याउनु पर्नेमा जोड दिनुभएको थियो ।
कार्यक्रममा अखिल नेपाल किसान संघका केन्द्रीय उपाध्यक्ष चन्द्रबहादुर के.सी, राष्ट्रिय जनमोर्चा ५ नं. प्रदेशका उपाध्यक्ष शेरबहादुर विसी, ने.क.पा मसाल अर्घाखाँचीका प्रवक्ता थम्मन के.सी, अखिल नेपाल महिला संघकी केन्द्रीय उपाध्यक्ष शकुन्तला राना, अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनयन छैठौंका केन्द्रीय उपाध्यक्ष देवेन्द्र कुँवर, अखिल नेपाल ट्रेड यूनियन महासंघ अर्घाखाँचीका अध्यक्ष सिद्धि प्रसाद भट्टराई, अखिल नेपाल शिक्षक संगठनका जिल्ला अध्यक्ष शालिकराम भुसाल, प्रगतिशिल पत्रकार सघ नेपालका जिल्ला अध्यक्ष विनोद गैरे, अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनयन छैठौंका जिल्ला अध्यक्ष गोपाल भट्टराई, राष्ट्रिय जनमोर्चाका जिल्ला सचिव गोपाल पौडेल, जातीय समता समाजका राम बसु, जनजाति सम्मेलनकी उषा पुन, रक्तिम साँस्कृतिक अभियानका जिल्ला अध्यक्ष विष्णु केसी, उद्योग व्यापार संघका जिल्ला अध्यक्ष दुर्गा प्रसाद खनाल लगायतले भेला सफलताको शुभकामना व्यक्त गर्नु गर्नुभएको थियो । उद्घाटन सत्र अखिल नेपाल यूवक संघका जिल्ला अध्यक्ष कविराम खनालको अध्यक्षता, सह–सचिव ठाकुर पन्थीको स्वागत तथा सचिव कुलराज खनालको सञ्चालन सम्पन्न भएको थियो ।
सम्मेलनले कुलराज खनालको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्य समिति र ६ सदस्यीय सल्लाहकार समिति गठन गरेको छ । जसमाः उपाध्यक्ष– कृष्ण खनाल, सचिव– ठाकुर पन्थी, सहसचिव– राजु विक र कोषाध्यक्ष– वसन्त खड्का रहेका छन् । त्यस्तै सदस्यहरुमा दामोदर केसी, बुद्धि खत्री, भुपाल बिसी, ज्ञानु पाण्डे, प्रकाश पौडेल, तारा हिताङ्ग, जितेन्द्र खत्री, सुरेश आचार्य, शुसिला पराजुली, गोकर्ण कुमाल, बिजय भाट, लोकबहादुर सारु रहेका छन् । पछि थप गर्ने गरि ३ स्थान रिक्त रहेको छ । साथै कविराम खनाल, शाजन वली, जुद्ध केसी, ढुण्डीराज खनाल, उमानन्द गैरे, श्याम घिमिरेलाई सल्लाहकारमा चएन गरिको गरेको छ ।
नव निर्वाचित सम्पुर्णलाई कार्यक्रमका प्रमु अतिति, बिशिस्ट अतिथि साथै अतिथिहरुले बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको थियो ।