अखिल नेपाल युवक संघ बागलुङको जिल्ला भेला एवं प्रशिक्षण कार्यक्रम सम्पन्न

0
456

बाग्लुङ । अखिल नेपाल युवक संघको “लागौं युवा, जागौं युवा” अभियान अन्तरगतबागलुङ जिल्लाको प्रशिक्षण भेला २०७५ असोज ३ र ४ गते गल्कोटको मल्म रिश्मीमाअखिल नेपाल युवक संघका केन्द्रीय अध्यक्ष क. अनिलकिशोर घिमिरेको प्रमुख आतित्थ्यतामा सम्पन्न भयो ।

प्रशिक्षण भेलाको उदघाटन गर्दै अध्यक्ष घिमिरे ले भन्नु भयो हरेक आन्दोलनमा महत्वपुर्ण भुमिका निर्वाह गरेका युवाहरुलाई राज्यले बेवास्ता गरेकै कारण अहिले पनि नेपाली युवाहरु बिदेशी भुमीमा पसिना बगाउन बाध्य भएका छन । नेपाली युवाहरुलाई बिदेश पलायन गराएर आएको रेमिट्यास बाट देश चलाउदैमा समृद्धिको सपना नदेख्न आग्रह गर्दै राज्यको गैरजिम्मेवारी कार्यको बिरोध र युवाहरुको अधिकारको निम्ती सम्पुर्ण युवाहरु एकजुट हुन आव्हान गर्नु भयो ।

सम्बोधनको क्रममा भन्नु भयो सरकारले संघीयता थाम्नको लागि अनावश्यक कर बृद्धि गरेर जनताको जनजीवन कष्टकर बनाएको अवस्थामा संघीयता खारेजीको बिकल्प नरहेको बताउनु भयो । भेला सफलताको शुभकामना दिनेहरुमा अखिल नेपाल युवक संघका पुर्व केन्द्रीय अध्यक्ष तथा सल्लाहकार क. तिलक थापा, राष्ट्रिय जनमोर्चा बागलुङका अध्यक्ष क. अमर बहादुर थापा, अखिल नेपाल युवक संघका केन्द्रीय उपाध्यक्षतथा बागलूङ जिल्ला इन्र्चाज क. लक्ष्मण पुन, राष्ट्रिय जनमोर्चा बागलुङका उपाध्यक्ष क. बेदलिाल सापकोटा, राष्ट्रिय जनमोर्चा गल्कोट नगर अध्यक्ष क. टंक बहादुर के.सी., अखिल छैठौं बागलुङका अध्यक्ष क. शिवलाल चालिसे, यु.ए.ई एकता समाजका उपाध्यक्ष यम पुन लगायत हुनु हुन्थ्योे । उदघाटन समारोह जिल्ला अध्यक्ष भिमसेन वनको अध्यक्षता, सचिव बिरेन्द्र थापाको सञ्चालन र कोषाध्यक्ष बसन्त सापकोटाको स्वागत मन्तव्यमा सम्पन्न भएको थियो ।

जिल्ला उपाध्यक्ष बोम बहादुर बुढाको अध्यक्षता र सहसचिव अनिल गिरीको सञ्चालनमा चलेको प्रशिक्षण कार्यक्रममा संघका केन्द्रीय अध्यक्ष क. अनिलकिशोर घिमिरे, पुर्व केन्द्रीय अध्यक्ष तथा सल्लाहकार क. तिलक थापा, राष्ट्रिय जनमोर्चा बागलुङका अध्यक्ष क. अमर बहादुर थापा, जिल्ला अध्यक्ष भिमसेन वन र गुमानसिङ खत्रीले समसमायिक राजनीती, युवा आन्दोलनको दिशा र ईतिहास, बिश्व दृष्टिकोण, संगठनात्मक सिद्धान्त, राष्ट्रियता, उत्पादन र युवा लगायतका बिषयमा प्रशिक्षण दिनु भएको थियो ।

प्रशिक्षण पश्चात जुन बिक्रम शाहीको अध्यक्षता र सञ्जाल शर्माको सञ्चालनमा शुरु भएको जिल्ला भेलामा अखिल नेपाल युवक संघका केन्द्रीय उपाध्यक्ष तथा बागलूङ जिल्ला इन्र्चाज क. लक्ष्मण पुनले प्रस्तुत गर्नु भएको आगामी कार्यक्रम पारित गर्दै भेला सम्पन्न भएको थियो । भेलाले असोज महिना भरीमा वडा भेला र सदस्यता वितरण अभियान, माघ र फागुन महिनामा पालिकाको सम्मेलन तथा भेला गर्ने, चैत्र महिनामा पालिका स्तरीय खेलकुद प्रतियोगिता सहित प्रशिक्षण कार्यक्रम गर्ने निर्णय गरेको छ ।

भेलाले जिल्ला समिति पदाधिकारी तथा सदस्यको फेरबदल गरेको छ । जसमा अध्यक्ष जुन बिक्रम शाही, उपाध्यक्ष सञ्जाल शर्मा, सचिव बिरेन्द्र थापा, सहसचिव देवेन्द्र घर्ति, कोषाध्यक्ष अनिल गिरी र सदस्यहरुमा श्री प्रशाद थापा, प्रदिप पुन, दुर्गा थापा, खगेन्द्र थापा, ओमकार श्रीस, युवराज महत, पवित्रा बुढा, जीवन घर्ती, भिषम छन्त्याल, राजेन्द्र कुवर र बैकल्पीक सदस्यहरुमा पितम्वर सापकोटा, ऋषिराम शर्मा, यम पुन र भिम भुजेल रहनु भएको छ । भेलाको समापन समारोहमा संघका केन्द्रीय अध्यक्ष क. अनिलकिशोर घिमिरे, पुर्व केन्द्रीय अध्यक्ष तथा सल्लाहकार क. तिलक थापा, राष्ट्रिय जनमोर्चा बागलुङका अध्यक्ष क. अमर बहादुर थापा, राष्ट्रिय जनमोर्चा बागलुङका उपाध्यक्ष क. बेदलिाल सापकोटा सहभागीको तर्पm बाट मोहन पुन र तम बहादुर घर्तिले मन्तव्य राख्नु भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here