अखिल नेपाल युवक संघको गण्डकी प्रदेशको भेला तथा प्रशिक्षण सम्पन्न

0
507

सञ्जाल शर्मा/पोखरा, साउन १२ । नेपाल कम्युनिष्ट पार्टी (मसाल) को साहायक संगठन अखिल नेपाल युवक संघको गण्डकी प्रदेशको भेला तथा प्रशिक्षण कार्यक्रम पोखरामा सम्पन्न भएको छ । कार्यक्रमको उत्घाटन संघका केन्द्रीय अध्यक्ष अनिल किशोर घिमिरेले मैनवत्ती वालेर गरेका थिए ।

कार्यक्रममा नेपाल कम्यूनिष्ट पार्टी(मसाल)का महामन्त्री क.मोहन विक्रम सिंहले समसामयिक राजनिति, विश्व परिवेश, दृष्टिकोण, अनुशासन लगाएतका विषयमा प्रशिक्षण दिएका थिए । पूर्व अध्यक्ष तथा वर्तमान समितिका सल्लाहकार क. तिलक थापाले युवा आन्दोलन, विगत र वर्तमानको विषयमा र संघका अध्यक्ष क. अनिलकिशोर घिमिरेले युवा, उत्पादन, चुनौती र अवसरका लगाएतका विषयमा प्रशिक्षण दिएका थिए ।

पूर्व अध्यक्ष तथा वर्तमान समितिका सल्लाहकार क. तिलक थापाले युवा आन्दोलन, विगत र वर्तमानको विषयमा र संघका अध्यक्ष क. अनिलकिशोर घिमिरेले युवा, उत्पादन,चुनौती र अवसरका लगाएतका विषयमा प्रशिक्षण दिएका थिए ।

साउन ११ र १२ गते दुई दिन सम्म पोखराको मल्ल होटलको सभाहलमा सम्पन्न कार्यक्रममा अखिल (छैठौं)का महासचिव क. भिमलाल पोख्रेल, राष्ट्रिय जनमोर्चा गण्डकी प्रदेशका अध्यक्ष कं शंकर वराल, अखिल नेपाल जनजाती सम्मेलनका केन्द्रीय सदस्य क. दिपक गुरुङ्ग,मूल प्रवाह नेपाली एकता समाज भारत शाखाका केन्द्रीय सदस्य क. हिरा वहादुर राना, अखिल नेपाल ट्रेड यूनियन महासंघ अन्टुक) का क. नाम वहादुर बाठामगर,रक्तिमका जिल्ला अध्यक्ष विमल पाण्डे लगाएतले भेला सफलताको शुभकामना दिएका थिए ।

संघको जागौं युवा, लागौं युवा अन्तर्गत भेलाले प्रदेश अन्तर्गतका जिल्लाहरुमा सांगठनिक गतिविधि संचालन गर्ने निर्णय गरेको छ ।

भेलाले विक्रम थापा अध्यक्ष, संजाल शर्मा सचिव र नर वहादुर वि. क. कोषाध्यक्ष रहेको १३ सदस्यीय गण्डकी प्रदेश समन्वय समिति निर्माण गरेको छ । सदस्यहरुमा पियारी थापा, कृष्ण क्षेत्री,जुनविक्रम शाही, विरेन्द्र थापा, लालसिंह मल्ल, जयराम आचार्य, श्रीप्रसाद थापा, कला राई, कर्ण गुरुङ्ग,र पवित्रा वुढा रहेको प्यानलको घोषणा पोखराको फेवातालको विचमा एक कार्यक्रमका विच सम्पन्न भएको थियो ।

जागौं युवा, लागौं युवा भन्ने उदघोषका साथ प्रदेश अन्तर्गतका जिल्लाहरुमा सांगठनिक गतिविधि संचालन गर्ने निर्णय समेत संघले गरेको छ । कार्यक्रम कृष्ण क्षेत्रीको अध्यक्षता, विक्रम थापाको संचालनमा सम्पन्न कार्यक्रमको स्वागत विरेन्द्र थापाले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here