१९ असोज, प्युठान । अनेरास्ववियु (छैठौं) प्युठानको ऐतिहासिक १८ औं जिल्ला सम्मेलन सम्पन्न भएको छ । “शैक्षिक व्यापारीकरण, सामाजिक विकृति र संघीयताका विरुद्ध हाम्रो आन्दोलन, सर्वसुलभ र व्यावहारिक शिक्षाको पक्षमा १८ औं जिल्ला सम्मेलन” भन्ने मुल नारा सहित जिल्ला खेलकुद विकास समिति प्युठान कवर्ड हलमा सुरु भएको जिल्ला सम्मेलनको उद्घाटन युनियनका केन्द्रीय उपाध्यक्ष तथा प्रदेश ५ का इन्चार्ज देवेन्द्र कुवरले गर्नुभएको थियो ।
उद्घाटन समारोहमा विषेश अतिथि राजमो जिल्ला अध्यक्ष कृष्ण खड्का, अन्य अतिथिहरुमा पार्टीका जनबर्गिय मोर्चाका प्रमुख तथा प्रतिनिधिहरु, विभिन्न राजनीतिक दल निकट विद्यार्थी संगठनका अध्यक्ष तथा प्रतिनिधिहरुले शुभकामना मन्तव्य राख्नुभएको थियो । कार्यक्रमको अध्यक्षता चोपलाल विक तथा सरोज न्यौंपानेको सञ्चालनमा अगाडि बढेको सम्मेलनमा सहभागिहरुलाई लोकेन्द्र सुनारले मन्तव्यद्वारा स्वागत गर्नुभएको थियो ।
सम्मेलनले चोपलाल विकको अध्यक्षतामा २१ पुर्ण र ४ वैकल्पिक गरि २५ सदस्य जिल्ला समिति निर्वाचित गरेको छ । जसमा: उपाध्यक्ष– सरस्वता सुनार, सचिव– सरोज न्यौंपाने, सहसचिव– भावना केसी र कोषाध्यक्ष– जगत विक रहेका छन् । त्यस्तै सदस्यमा: बेगम घर्ती, पुजन गुरुङ, प्रकाश जैसी, डोमाराम केसी, राधा पुन, गिरिराज रोका, सुवास सुनार, उषा पुन मगर, भारती पुन मगर, दिनेश जिसी, प्रमिशा खड्का, केशव बुढाथोकी, प्रकाश सुनार, अपेक्षा गिरी, रमेश विक, फन बहादुर विक, यमा बुढा मगर, सुवास विक र दुई स्थान रिक्त रहेको छ ।