अखिल (छैठौँं) कञ्चनपुरको जिल्ला सम्मेलन सम्पन्न

0
233
महेन्द्रनगर । अनेरास्ववियु (छैठौँं) को दशौँ जिल्ला सम्मेलन २०७५ भाद्र २६ गते महेन्द्रनगरमा सम्पन्न भएको छ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसीको प्रमुख आतिथ्यतामा सो सम्मेलन सम्पन्न भएको हो ।
                    सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष केसीले बालिका निर्मला पन्तको बलात्कार तथा हत्याको घटनामा अनुसन्धान लम्ब्याउँदै गए जनताले बिर्सन्छन् र अपराधी उम्काउन सजिलो हुन्छ भन्ने नियत देखिएको आशङ्का गर्नु भयो । सम्मेलनको उद्घाटन गर्दै केसीले भन्नु भयो– ‘अपराधी लुकाउने षड्यन्त्र भए निर्मलाहरु मारिएका/मारियै हुन्छन्, त्यसैले अपराधीले उन्मुक्ति पाउनु हुँदैन ।’ उहाँले निर्मला प्रकरण सरकारको अग्निपरीक्षा भएको समेत बताउनुु भयो । एउटी बालिकालाई बलात्कारपछि निर्ममतापूर्वक हत्या गरिदासम्म राज्य गम्भीर बन्न नसकेको केसीले आरोप लगाउनु भयो । उहाँले भन्नु भयो– ‘बलात्कारी र हत्यारालाई अहिलेसम्म सरकारले पक्राउ गर्न नसक्नु ज्यादै दु:खद विषय हो ।’
                      फरक प्रसङ्गमा उहाँले आर्थिक, सामाजिक र भौतिक कारणले पनि मुलुकले सङ्घीयता धान्न नसक्ने बताउँदै समृद्धि, राष्ट्रिय सद्भाव र एकताका लागि पनि मुलुकमा सङ्घीयता आवश्यक नभएको दोहोर्‍याउनु भयो ।
                  अखिल (छैठौँं) का जिल्ला संयोजक महेश भट्टको अध्यक्षता र केन्द्रीय सदस्य भीमराज जोशीको सञ्चालनमा भएको कार्यक्रममा राजमो केन्द्रीय सदस्य मनोज भट्ट, तराई मधेश जनवादी मोर्चाका महासचिव राजाराम चौधरी, अखिल (छैठौँं) का केन्द्रीय सचिव महेश जोशी, राजमो जिल्ला सचिव राम बहादुर कार्की, जातीय समता समाजका महासचिव गोविन्द विक, अखिल नेपाल युवक सङ्घका केन्द्रीय सचिव प्रशान्त थापा, रक्तिम सांस्कृतिक अभियानका केन्द्रीय सदस्य लक्ष्मी रिजाज लगायतको आतिथ्यता रहेको थियो ।
                 सम्मेलनले महेश भट्टको अध्यक्षतामा १५ पूर्ण पाँच वैकल्पिक र पाँच सल्लाहकार सहित २५ सदस्यीय जिल्ला समिति चयन गरेको छ । पहिलो बैठकले नौ सदस्यीय सचिवालय समेत गठन गरेको छ । समितिको उपाध्यक्षमा तुलसी पन्त, सचिवमा पुष्कर भट्ट, सहसचिवमा भूवन चौधरी र कोषाध्यक्षमा खम्म बुढा रहनु भएको छ । सदस्यहरुमा हरिश भट्ट, प्रकाश नाथ, तारा पन्त, दिपेन्द्र कार्की, सदस्य हरि सुनार, पवन जोशी, अम्बिका जैसी, अनुश्री दमाई, समिर शाहु र गोपाल भण्डारी रहनु भएको छ । समितिको वैकल्पिक सदस्यहरुमा जमुना परियार, खुशी परियार, माया चौधरी र दिपक ओड रहनु भएको छ भने एक स्थान रिक्त रहेको छ । यस्तै सम्मेलनले सल्लाहकारमा सन्तोश चौधरी, हिमाल थापा, विरेन्द्र पुजारा, इश्वरी बोहरा र शान्ति भट्टलाई निर्वाचित गरेको छ ।
                नवनिर्वाचित समितिको बधाइ तथा प्रतिबद्धता व्यक्त कार्यक्रमको अध्यक्षता जिल्ला उपाध्यक्ष तुलसी पन्त, सञ्चालन जिल्ला सचिव पुष्कर भट्टले गर्नुभएको थियो । निर्वाचित जिल्ला समितिको तर्फबाट जिल्ला अध्यक्ष महेश भट्टले प्रतिबद्धता व्यक्त गर्नु भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here