अखिल छैटौं बागलुङको संगठन बिस्तार अभियान उद्घाटन

0
325

बाग्लुङ । अखिल छैटौं २१औं राष्ट्रिय सम्मेलन तथा बागलुङको २३औं जिल्ला सम्मेलनको पुर्व संध्यामा अखिल छैटौं बागलुङले जिल्लाव्यापी संगठन बिस्तार अभियानलाई तिव्र पारेको छ । कार्यक्रम अन्तरगत २०७५ भाद्र ११ गते बडी गाडगाँउपालिका वडा नं. १ स्थित खडक देबि मा.वि.मा संगठन बिस्तार अभियानको उदघाटन अखिल छैटौंका महासचिव भिमलाल पोखरेलको प्रमुख आतित्थ्यतामा सम्पन्न भएको छ ।

“कथित ठुला भनिने बिधार्थी संगठनले पटक–पटक विद्यार्थी आन्दोलनलाई धोका दिंदै आएकोले विद्यार्थी आन्दोलन ओझेलमा पर्दै गएको छ ।” कार्यक्रमको उदघाटन मन्तव्य दिंदै महासचिव पोखरेलले भन्नु भयो– “विद्यार्थी आन्दोलनलाई शसक्त रुपले अगाडी बढाउने जिम्मेवारी सच्चा क्रान्तीकारी विद्यार्थीहरुको संगठन अखिल छैटौंको काधमा आएको छ, त्यो जिम्मेवारी पुरा गर्न सम्पुर्ण देशभक्त क्रान्तीकारी विद्यार्थीलाई आव्हान गर्दछौं ।”

निजीकरणले शैक्षिक क्षेत्र मात्र नभई सम्पूर्ण क्षेत्रलाई प्रभावितपारेको अवस्थामा राज्य सञ्चालनको नाममा अनावश्यक र असोभाविक रुपले थोपरिएको करबाट मुक्त हुन यो महङ्गो प्रणाली संघीयतालाई खारेज गर्नु पर्नेमा पोखरेलले जोड दिनु भयो ।

कार्यक्रममा अखिल छैटौंका केन्द्रीय सचिव तथा गण्डकी प्रदेश इन्चार्ज गणेश अधिकारी, अखिल नेपाल युवक संघका केन्द्रीय कोषाध्यक्ष तथा बागलुङ जिल्ला अध्यक्ष भिमसेन वन, राष्ट्रिय जनमोर्चा बागलुङका जिल्ला सदस्य तथा बडी गाडगाँउपालिका वडा नं. १ का वडा अध्यक्ष बोमबहादुर थापा, अखिल छैटौं बागलुङका सदस्य देवु घर्ती लगायतले मन्तव्यदिनु भएको थियो ।

कार्यक्रम कर्ण नेपालीको अध्यक्षता, अखिल छैटौं बागलुङका सदस्य मनिष कंडेलको सञ्चालन र सृजना गिरीको स्वागत मन्तव्यबाट अगाडि बढेको थियो ।

कार्यक्रम पश्चात भएको भेलाले हिकमत दर्लामीको अध्यक्षतामा ३५ सदस्यीय अखिल छैटौं खडक देबि मा.वि. मुल इकाई समिति चयन गरेको छ । जसको उपाध्यक्षमा सृजना गिरी, सचिव कर्ण नेपाली, सहसचिव बिक्रम थापा, कोषाध्यक्ष पुजा बलामी रहनु भएको छ । भने बिभिन्न चरणमा भएको कक्षा स्तरीय भेलाले कक्षा–१० मा हिकमत दर्लामीको अध्यक्षतामा ३७ सदस्यीय, कक्षा–९मा सागर वनको अध्यक्षतामा ५१ सदस्यीय र कक्षा–८ मा मेनुका बि.क.को अध्यक्षतामा ३९ सदस्यीय कक्षा इकाई समिति चयन गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here