६५ वर्षीय बृद्धा भारतमा अल्पत्र

0
647

लखनऊ । नेपाल घर सुर्खेत जिल्ला गुटु घर बताउने करीब ६५ बर्षका एक बृद्ध उत्तर प्रदेशको लखनऊमा अल्पत्र भेटिएका छन् । उनलाई मूल प्रवाह अखिल भारत नेपाली एकता समाज लखनऊ नगर संगठन समितिका सचिव सोनु बगाले अलपत्र अवस्थामा फेला पारेका थिए ।

बनारस पुगि चौकिदारी गर्ने योजना बनाएर घरबाट निश्केको बताउने ति बृद्ध लखनऊमा करीब तीनदिन भोक भोकै कहिले स्टेशन कहिले बसस्टेण्ड दिन रात काट्दै आएको सोनू बगालेसँग बताए । भोकै प्यासै सगरमाथा फस्फूडमा पुगेका उनलाई सोधपुछ गर्दा उनले दिएको जानकारी दिएका थिए । बनारस जान हिंडेका ति बृद्ध लखनऊ पुग्दा भाडा सकीएर भौतारी रहेको बताउछन् । सचिप सोनू बगालेले बनारसको रेलको टिकेट काटेर ब्यक्तिगत रुपमा सहयोग गरी उनलाई बनारस पठाएका थिए ।

–नविन बस्याल

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here