६०औं बार्सिकउत्सबको अवसरमा चार कोठे दुईवटा पक्की भवनको उदघाटन

1
360

बागलुङ । धुल्लु लिउँवा मध्यामिक बिद्यालयको ६० औं बार्षिकोत्सव तथा अबिभाबक दिबस कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रमको उद्घाटन प्रमुख अतिथी जिल्ला समन्वय समिति बागलुङका प्रमुख राजेन्द्र ढुँगानाले गर्नुभएको थियो । कार्यक्रममा बरेङ गाउँपालिका प्रमुख कृष्ण प्रसाद शर्मा विशिष्ट अतिथि हुनुहुन्थ्यो ।

वार्षिकोत्सव कार्यक्रमको अवसरमा प्रमुख अतिथि ढुंगानाले चार कोठे पक्की भवनको उद्घाटन समेत गर्नुभएको थियो । उक्त भवन राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाइ अनुदान ब्यबस्थापन तथा स्थानिय पुर्बाधार बाग्लुङको आ ब २०७५/७६ को आर्थिक तथा प्राबिधिक सहयोगमा निर्माण भएको हो । करिव ७० लाखको लागतमा उक्त भवन निर्माण गरिएको विद्यालयले जनाएको छ । यसैगरी तत्कालिन जिल्ला शिक्षा कार्यालयको आर्थिक सहयोग तथा बरेङ गाउँ पालिकाको प्राबिधिक सहयोमा निर्मित चार कोठे पक्की भवनको पनि उद्घाटन गरिएको थियो ।

कार्यक्रममा सर्बोदय क्याम्पस प्रमुख फुलकुमारी शर्मा, शिक्षक महासंघका जिल्ला अध्यक्ष एवं अखिल नेपाल शिक्षक सघका सचिब कृष्ण आचार्य, रास्ट्रिय पुननिर्माण प्राधिकरणका मार्कान्ड प्रसाद बराल, बरेन्ङ गा पा अध्यक्ष कृष्ण प्रसाद शर्माले शुभकामना मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा प्रधानाध्यापकले विद्यालयको बार्षिक प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रमकोअध्यक्षता बरेङ गाउँपालिका वडा नम्बर दुईका अध्यक्ष नर्सिंह पुन, सन्चालन शिक्षक थुमराज ढुंगाना र स्वागत अर्का शिक्षक तारा पौडेलले गर्नुभयो । कार्यक्रममा विद्यार्थीहरले शिक्षासम्बन्धी विविध गित नृत्य प्रस्तुत गरेका थिए ।

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here