३०औं भुमीराज स्मृति दिवस कार्यक्रम सम्पन्न

1
126

बुर्तीबाङ २०७७ बैसाख ३०

पन्चायती कालरात्रीको बिरुद्ध आवाज उठाउँदै न्याय स्वतन्त्रता र समानताको निम्ति लड्दै गर्दा प्राणको आहुति दिनुभएको बागलुङ जिल्ला को प्रथम बिधार्थी शहिद भुमीराज सापकोटा को स्मृत्ति दिवस कार्यक्रम सम्पन्न भएको छ ।

उपस्थिति कमरेडहरु बाट एक मिनेट मौनधारण पछी भुमीराज सापकोटाको फोटोमा अबिर तथा माल्यार्पण संगै सुरु भएको कार्यक्रम अखिल (छैठौं) जिल्ला समिती बागलुङको आयोजनामा भएको थियो ।

ऊक्त कार्यक्रममा बोल्दै राष्ट्रिय जनमोर्चा बागलुङका सल्लाहकार गौरीश्वर पाण्डेले अत्यन्तै निष्ठावान र देश र जनता प्रति समर्पित कमरेड भुमीराज सापकोटाको सपना पुरा गर्न हरेक पार्टी कार्यकता आफैं मा जिम्मेवार र अनुशासित हुनुपर्ने कुरामा जोड दिनुभयो । थप बोल्दै पाण्डे ले लिपुलेक लिम्पियाधुरा लगायतका ७१ स्थानमा भारतले सिमा अतिक्रमण गरेको भन्दै सबै नेपाली एकजुट भएर राष्ट्रियता बचाऊन लाग्नु पर्ने बताऊनु भयो ।

कार्यक्रममा बोल्दै अखिल नेपाल बुद्दिजीवी संघका केन्द्रीय सदस्य धन ब कुँवरले सहिदको सपना पुरा गर्न र राष्ट्रियताको रक्षा गर्नको लागी सबैलाई आग्रह गर्नुभयो ।

कार्यक्रममा अखिल नेपाल महिला संघ बागलुङका सचिब केश कुमारी बुढा मगर प्रगतिशील पत्रकार संघ बागलुङका ऊपाअध्य लोकेन्द्र सुनार लगायतले मन्तव्य ब्यक्त गर्नु भएको थियो । भने शिक्षक प्रतिनिधि टिका ब पुनको समेत उपस्थिति रहेको थियो ।

कार्यक्रम अखिल छैठौं बागलुङका अध्यक्ष इन्द्रमणी पाण्डेको अध्यक्षतामा र कुल ब छन्त्यालको सन्चालनमा सम्पन्न भएको थियो ।

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here