हैदरावाद दक्षिणमा एरिया सम्मेलन

0
454

हैदरावाद, १६ बैशाख । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज, मध्य दक्षिण क्षेत्रीय समिति अन्तर्गत दक्षिण हैदराबाद नगर समिति द्वारा संचालित ४ एरिया समितिहरु नामपल्लि, काटेदान, लेनिन नगर र अटोनगरको संयुक्त बार्षिक सम्मेलनको घोषणा सभा सप्पन्न भएको छ ।

घोषणा सभा क्षेत्रीय अध्यक्ष रामप्रसाद पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । सो अवसरमा पौडेलले– “रोजगारको खोजीमा प्रबासीन बाध्य पारिएका नेपालीहरु श्रमजिवीहरुको एक मात्र प्रतिनिधि संगठन मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नै हो ।” उनले भने– “संगठनलाई बिकास र बिस्तार गरि यहाँसम्म ल्याइ पुर्याउन मूल प्रवाहका आम कार्यकार्ता र समर्थकहरुको योगदान रहेको छ ।”

भोलिका दिनमा अझै थपिने चुनौतीपूर्ण अबस्थामा मूल प्रवाहको झण्डा उँचो राख्न नयाँ निर्वाचित समिति र सदस्यहरुको सक्रियताको खाँचो निरन्तर रहने पौडेलले बताए ।
देशमा आमूल परिबर्तन नगरिकन शोषित पीडित बर्गको मुक्ती सम्भव नभएकोमा पौडेलले जोड दिए । सबै तह र तप्काका श्रमजिबि जनतालाई सचेत र संगठित गर्दै राजनीति र बिचारमा पनि परिपक्व बनाउँदै जानु पर्नेमा कार्यकर्ताहरुको पौडेलले ध्यानाकर्षण गराए ।

अहिलेको बामपंथी सरकारले पनि केही सुधारका काम गर्न सके पनि सकारको शासकीय पद्धति पुरानै र विदेशी शक्तिकेन्द्रको इसारामा चलेको पौडेलले आरोप लगाए । संघीयता कै कारण राष्ट्रिय एकता, अखण्डता र स्वाधीनता धरापमा पर्दै गैरहेकोले यसलाई खारेज गराउन सम्पूर्ण तह र तप्काबाट आन्दोलनमा लाग्न समेत पौडेलले आव्हान गरे ।

उक्त घोषना सभालाई राम बहादुर भण्डारी, वीर बहादुर विक, कृष्ण बहादुर थापाले लगायतले बधाई तथा शुभकामना दिनुभएको थियो । कार्यक्रमको सञ्चालन भुपाल ठाडा मगरले र अध्यक्षता गिरबहादुर कार्कीले गरेका थिए । कार्यक्रममा सहभागिहरुलाई चित्र बहादुर केसीले शब्द र कलाकार वीर बहादुर बिकले गितबाट स्वागत गरे । नयाँ समितिको घोषणा नगर अध्यक्ष कृष्ण बहादुर थापाले गरेका थिए ।

काटेदान एरिया

अध्यक्ष– राम प्रसाद ढुङाना, उपाध्यक्ष– पदम भण्डारी, सचिव– वीर बहादुर (बबुल रेड्दी नगर) र कोषाध्यक्ष– जित बहादुर (बबुल रेड्डी नगर) रहेका छन् । त्यस्तै सदस्यहरुमाः ताराप्रसाद कालाथोकी, हरिप्रसाद आचार्य, देवेन्द्र थापा (बबुल रेड्डी नगर), बैकल्पिक सदस्यमाः रोहित क्षेत्री र राम बहादुर रहेका छन् । सल्लाहकार चन्द्र बहादुर शाही र एक स्थान रिक्त राखिएको छ ।

 

नाम पल्ली एरिया

अध्यक्ष– चित्र बहादुर केसी, उपाध्यक्ष– हेम प्रसाद न्यौपाने, सचिव– दिल बहादुर बिष्ट, सहसचिव– दिपक बोगटी र कोषाध्यक्ष– धोज बहादुर विक रहेका छन् । त्यस्तै सदस्यहरुमाः हरि बहादुर रेग्मी, राम बहादुर ओड, बैकल्पिक सदस्यमा लाल बहादुर साउद र राजु पौडेल रहेका छन् । सल्लाहकार नारायण सुवेदी एक स्थान रिक्त राखिएको छ ।

लेनिन नगर एरिया

अध्यक्ष– राम प्रसाद शर्मा गौतम, उपाध्यक्ष– जित बहादुर सुनार, सचिव– भिम बहादुर थापा, सहसचिव– सुमित्रा केसी र कोषाध्यक्ष– जुनुदेवी थापा रहेका छन् । त्यस्तै सदस्यहरुमाः देवकलि शर्मा, बालिका देवि शर्मा गौतम, बैकल्पिक सदस्यमाः रिता आचार्य र ललिता थापा रहेका छन् । सल्लाहकार मोहन थापा र अमित थापालाई राखिएको छ ।

अटो नगर एरिया

अध्यक्ष– गिर बहादुर कार्की, उपाध्यक्ष– छबिलाल चपाइ, सचिव– भुपाल ठाडा मगर, सहसचिव– ठाकुर प्रसाद पन्थ र कोषाध्यक्ष– हरि प्रसाद विक रहेका छन् । त्यस्तै सदस्यमा नेत्र पराजुली, शिव चन्द्र कुमाल, बैकल्पिक सदस्यमा कमल पाण्डे र गोपाल चपाइ रहेका छन् । सल्लाहकार राजेन्द्र नेपाली र एक स्थान रिक्त राखिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here