हैदरावादमा विभिन्न एरियाहरुमा तीजि कार्यक्रम सम्पन्न

0
179

हैदरावाद । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज मध्य दक्षिण क्षेत्र भित्र प्रगतिशील तीजि कार्यक्रम सम्पन्न भएका छन् । उत्तर नगर समितिका एरियामा भब्य र उत्साहपुर्ण रूपमा प्रगतिशिल गित र नृत्य गरि मनाइएको छ ।

शापुरनगर

शापुरनगर एरियामा देबी शर्माको सञ्चालन, लक्ष्मी जिसी अध्यक्षता अतिथिको आसनग्रहन, सहिदहरुप्रति एक मिनेट मौनधारण पश्चात् कमला शर्माले स्वागत गर्नुभएको थियो । कार्यक्रममा मूल प्रवाहका क्षेत्रीय कोषाध्यक्ष मनोहर पौडेल, महिला क्षेत्रीय समन्वय समितिकी सचिव पुष्पा पौडेल, मूल प्रवाह नगरका परशुराम शर्मा, महिला नगर बिभागबाट कल्पना पौडेलले शुभकामना दिनुभएको थियो ।

हैदरनगर एरिया
यहाँ मिना आचार्य अध्यक्षता तथा सञ्चालन जीवनाथ शर्मा, स्वागत खैसरा थापाले गर्नु भएको थियो । सुभकामना मन्त्ब्य मूल प्रवाहका केन्द्रीय सदस्य राम प्रसाद आचार्य, रक्तिम क्षेत्रीय बिभाग कि माया थापा, महिला क्षेत्रीय समन्वय समिति कि लिलादेवी शर्मा, उत्तर महिला बिभाग कि देवु केसीले शुभकामना दिनुभएको थियो ।

जुब्ली हिल्स्मा ए र बि

यहाँ दुबै एरिया समितिको संयुक्त आयोजनामा तीज मनाइएको छ । शिला परियारको अध्यक्षता तथा केदार शर्माको सञ्चालन र टीका परियारको स्वागतबाट अगाडि बढेको सो कार्यक्रममा नगर अध्यक्ष घनश्याम शर्मा, क्षेत्रीय समितिका पशुपति शर्मा चालिसे, याम बहादुर थापा, जनजाति बिभागका कर्न बहादुर थापा, महिला नगर बिभाग कि माया परियार, स्वयम्सेबकको तर्फबाट मीन बहादुर थापा, ब्यबस्थापनको तर्फबाट धनबहादुर क्षेत्रीले शुभकामना मन्त्ब्य दिनुभएको थियो ।

कुशाइगुडा

मूल प्रवाह अखिल भारत नेपाली एकता समाज, मध्य हैदराबाद नगर समिति अन्तर्गत कुसाइगुडा एरिया समितिको आयोजनामा तीजि कार्यक्रम मनाइएको छ । सृजना खत्रीको सञ्चालन, मिना गुरुङको अध्यक्षता र हिरा पौडेलले स्वागत मन्तव्य दिनुभएको थियो ।

उक्त कार्यक्रममा केन्द्रीय समिति की फूल्बिना पौडेल, रक्तिम बिभाग कि कृष्ण कुमारी बिक, नगर समितिका कुमार थापा, चन्द्रबहादुर केसी, गोमा राना, गंगा कडायत, संझना दुलाल लगायतले शुभकामना मन्तव्य दिनुभएको थियो ।

त्यसैगरी उत्तर नगर समिति अन्तर्गत पटान्चेरु एरियाको आयोजनामा पनि प्रगतिशील तिजि कार्यक्रम मनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here